बिहिवार, असोज २, २०७६
    सार्क

    यस्तो छ नरेन्द्र मोदीको ५८ सदस्यीय क्याबिनेट, अध्यक्ष अमित शाहको भागमा कुन मन्त्रालय ?

    बिहिवार, १६ जेष्ठ २०७६, आहाखबर

    नयाँ दिल्ली, १७ जेठ । 

    गणतन्त्र भारतको १५ औं प्रधानमन्त्रीकारुपमा नरेन्द्र मोदीले शपथ लिएसँगै उनी अधिकांश पुरानै चेहरा बाहुल्य रहेको मन्त्रिमण्डल लिएर फेरि प्रकट भएका छन् । मोदीको ५८ सदस्यीय मन्त्रिमण्डलमा कुल ३७ पुरानै अनुहार छन् । 

    यहाँस्थित राष्ट्रपति भवनको प्रांगणमा उपस्थित हजारौं मानिस तथा अनेकौं खास अतिथिहरुको उपस्थितमा प्रधानमन्त्री मोदीलाई राष्ट्रपति रामनाथ कोविन्दले पद तथा गोपनीयताको शपथ दिलाएका थिए । 

    हालै सम्पन्न लोकसभा निर्वाचनमा मोदीको दल भारतीय जनता पार्टी स्पष्ट बहुमत हासील गर्न सफल भएको थियो । 

     

    सबैभन्दा चम्किलो चेहेरा अमित शाह

    मोदीको यस नयाँ टीममा सबैभन्दा चर्चित चेहेरा भाजपा अध्यक्ष अमित शाह मानिएका छन् ।

    पहिलो पटक केन्द्रीय मन्त्री बनेका अध्यक्ष अमित शाहले अर्थमन्त्रालयको जिम्मेवारी पाउने अनुमान गरिएको छ ।

    अमित शाहले राजनाथ सिंह पश्चात तेश्रो नम्बरमा शपथ लिए । 

     

    नेपालमा नाकाबन्दीका डिजाइनर मन्त्री

    नरेन्द्र मोदीको दोस्रो कार्यकालमा एस जयशंकरले समेत मन्त्रीकारुपमा शपथ लिएका छन् ।

    जयशंकरले क्याबिनेट मन्त्रीका रुपमा सपथ लिएका हुन् ।

    जयशंकरलाई नेपालमा लगाएको नाकाबन्दीको डिजाइनर मध्येका एक समेत मानिन्छ ।


    यस्तो छ मोदीको नयाँ मन्त्रीमण्डल

    नरेन्द्र मोदी,   प्रधानमन्त्री 

     

    क्याबिनेट मन्त्री     प्रदेश

    राजनाथ सिंह            उप्र

    अमित शाह              गुजरात

    नितिन गडकरी          महाराष्ट्र

    सदानंद गौड़ा             कर्नाटक

    निर्मला सीतारमन       तमिलनाडु

    रामविलास पासवान    बिहार

    नरेंद्र सिंह तोमर         मध्यप्रदेश

    रविशंकर प्रसाद         बिहार

    हरसिमरत कौर          पंजाब

    थावरचंद गहलोत        मप्र

    एस. जयशंकर             दिल्ली

    रमेश पोखरियाल निशंक  उत्तराखंड

    अर्जुन मुंडा                 झारखंड

    स्मृति ईरानी             उप्र

    डॉ. हषर्षव‌र्द्धन         दिल्ली

    प्रकाश जावड़ेकर राज्यसभा (मप्र)

    पीयूष गोयल         महाराष्ट्र

    धर्मेद्र प्रधान          ओडिशा

    मुख्तार अब्बास नकवी राज्यसभा

    प्रहलाद जोशी         कर्नाटक

    महेंद्र नाथ पांडेय      उप्र

    अरविंद सावंत (शिवसेना) महाराष्ट्र

    गिरिराज सिंह          बिहार

    गजेंद्र सिंह शेखावत   राजस्थान

     

    राज्यमंत्री (स्वतंत्र प्रभार)

    संतोष गंगवार           उप्र

    डॉ. जितेंद्र सिंह         जम्मू-कश्मीर

    श्रीपद नाईक           गोवा

    राव इंद्रजीत सिंह      हरियाणा

    किरण रिजिजू           अरुणाचल

    प्रहलाद पटेल             मप्र

    आरके सिंह              बिहार

    हरदीप सिंह पुरी        पंजाब

    मनसुख मांडविया      गुजरात

     

    राज्यमंत्री

    फग्गनसिंह कुलस्ते      मप्र

    अश्विनी कुमार चौबे     बिहार

    अर्जुन राम मेघवाल  राजस्थान

    जनरल (सेनि) वीके सिंह उप्र

    कृष्ण पाल गुर्जर          हरियाणा

    राव साहब दानवे        महाराष्ट्र

    जी। कृष्ण रेड्डी         तेलंगाना

    पुरुषोत्तम रुपाला        गुजरात

    रामदास अठावले        महाराष्ट्र

    साध्वी निरंजन ज्योति   उप्र

    बाबुल सुप्रियो        पश्चिम बंगाल

    संजीव बालियान       उप्र

    संजय धोत्र           महाराष्ट्र

    अनुराग ठाकुर       हिमाचल

    सुरेश अंगाड़ी        कर्नाटक

    नित्यानंद राय        बिहार

    रतनलाल कटारिया  हरियाणा

    वी. मुरलीधरन       महाराष्ट्र राज्यसभा

    रेणुका सिंह            छत्तीसगढ 

    सोम प्रकाश            पंजाब

    रामेश्वर तेली            असम

    प्रताप चंद्र सारंगी      ओडिशा

    कैलाश चौधरी          राजस्थान

    देबोश्री चौधरी          पश्चिम बंगाल


    मेनका, जेट्ली र सुषमा स्वराज बाहिर

    यसअघिका वित्तमन्त्री अरुण जेटलीका साथमा विदेशमन्त्री सुषमा स्वराज पनि यसपटक मन्त्री बन्न पाएनन् ।

    स्वास्थ्य अवस्थाका कारण जेट्ली शपथग्रहणमा समेत उपस्थित हुन सकेनन् ।  

    त्यस्तै, मेनका गांधी, राज्य‌र्द्धन सिंह, सुरेश प्रभु पनि यस नयाँ मन्त्रीमण्डलमा अटाउन सकेनन् । 

     

    - एजेन्सीहरुको सहयोगमा

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast