बुधबार, जेष्ठ १४, २०७७
    राज्य-समाज

    लोक सेवामा ९, १६१ को खुला विज्ञापन, १० लाखको दरखास्त पर्ने आयोगको अनुमान

    बिहिवार, १६ जेष्ठ २०७६, आहाखबर

    काठमाडौं, १६ जेठ 

    स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला लोक सेवा आयोगले एकैपल्ट ९ हजारभन्दा बढी कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । 

    चौथो (खरिदार) देखि छैठौं (शाखाअधिकृत)सम्म ९ हजार १ सय ६१ दरबन्दीमा विज्ञापन खोलिएको आयोगकाले जानकारी दिएको छ । यति धरै सख्यामा आयोगले विज्ञापन आह्वान गरेको यो पहिलो पटक हो । 

    देशभरिका स्थानीय तहमध्ये ५ सय १५ मा १३ हजार ६ सय ४५ कर्मचारी आवश्यक भए पनि ९ हजार १ सय ६१ को मात्र विज्ञापन गरिएको छ । बाँकी ४ हजार ४ सय ८४ बढुवाका लागि छुट्याइएको छ । अधिकृत स्तरमा १ हजार ८ सय ३५ को विज्ञापन खोलिएको छ भने नासुको ३ हजार ९ सय ३०, खरिदारको ३ हजार ३ सय ९६ पदको विज्ञापन आह्वान भएको छ। ७ सय ५३ स्थानीय तहमध्ये २ सय ३६ ले कर्मचारी विवरण नै पठाएका छैनन्। 

    आर्थिक योजना तथा तथ्यांक सेवाअन्तर्गत तथ्यांक अधिकृतमा ५ र तथ्यांक सहायकमा ४ गरी ९ जनाको विज्ञापन भएको छ । इन्जिनियरिङ सेवामा ३ हजार ६ सय ३८ पदमध्ये अमिनमा १ सय ८८, असिस्टेन्ट सबइन्जिनियरमा १ हजार ७ सय ४६, इन्जिनियर ५ सय ३२, खापासटे १ सय ६९, नापी अधिकृत ३, सब इन्जिनियर ९ सय ८२ र सर्वेक्षक १८ को विज्ञापन आह्वान भएको आयोगले जनाएको छ ।

    प्रशासनतर्फ ४ हजार ९७ पदमा दरखास्त मागिएको छ । तीमध्ये अधिकृत तह ६ मा ९ सय २६, सहायक पाँचौं र चौथोमा ३ हजार १ सय ७१ को विज्ञापन गरिएको छ । विविध सेवामा ६ सय २ विज्ञापन खोलिएको छ । यसमा कम्प्युटर अधिकृत ४, कम्प्युटर निरीक्षक ३ सय ४१, कम्प्युटर इन्जिनियर ७, महिला विकास अधिकृत २, महिला विकास निरीक्षक ६३, वातावरण इन्जिनियर ६, वातावरण निरीक्षक ५, सहायक कम्प्युटर अपरेटर ३९ र सहायक महिला विकास निरीक्षक १ सय ३५ जनाको विज्ञापन गरिएको छ। शिक्षामा ८ सय ५ को विज्ञापन गरिएको छ । यसमा अधिकृत ३ सय ३९ र प्राविधिक सहायक ४ सय ६६ पदमा विज्ञापन भएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast