बिहिवार, असोज २, २०७६
    सार्क

    ८ हजार भन्दा बढी पाहुनाका अगाडि मोदीले लिए दोस्रोपटक भारतीय प्रधानमन्त्रीको शपथ

    बिहिवार, १६ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, १६ जेठ

    भारतीय प्रधानमन्त्रीका रुपमा नरेन्द्र मोदीले दोस्रोपटक शपथ लिएका छन्। नयाँ दिल्लीस्थित राष्ट्रपति निवासमा मोदीले बिहीबार साँझ शपथ लिएका हुन्।

    शपथमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन्। ओलीसहित बिमस्टेक सदस्य राष्ट्रका प्रमुखहरु मोदीको शपथ समारोहमा सहभागी भएका थिए।

    शपथमा विपक्षी कांग्रेस अध्यक्ष राहुल गान्धी र नेत्री सोनिया गान्धी पनि सहभागी भएका थिए। एनडीए गठबन्धनको प्रमुख दल जनता दल भने सरकारमा सहभागी भएन।

    स्थानीय भारतीय समय अनुसार साँझ ७ बजे भारतीय संविधान अनुसार मोदीले सपथ लिएका हुन् ।

    राष्ट्रपति भवनमा आयोजित सपथ ग्रहण कार्यक्रममा ८ हजार बढी देशी विदेशी पाहुनाको उपस्थिति थियो । मोदीकै सपथ ग्रहण कार्यक्रममा सहभागी हुन नेपालका प्रधानमन्त्री पनि बिहिबार नै साँझ दिल्ली पुगेका थिए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast