आईतवार, असोज ५, २०७६
    मुभी-थिएटर

    भारतमा काम गर्नु मेरो नियती रहेछ : कट्रिना केफ

    बिहिवार, १६ जेष्ठ २०७६, आहाखबर

    एजेन्सी, १६ जेठ ।

    सञ्चारमाध्यमले जति संवेदनशील प्रश्न गरे पनि अभिनेत्री कट्रिना केफले संयमित भएर उत्तर दिइरहेकी छन् । उनले खेप्नु परेको धेरै भन्दा धेरै प्रश्न भनेको ‘भारत’ मा दोस्रो रोजाईकी नायिका बन्नु हो । कट्रिना भन्दा अगाडि प्रियंका चोपडा चलचित्रमा काम गर्दै थिइन् ।

    मुम्बई मिररसँग कुराकानी गर्दै कट्रिनाले भनेकी छन्, ‘मलाई भारतमा कसले पहिला काम गर्दै थियो भन्ने कुराले प्रभाव पार्दैन, म यसबारे जानकार पनि थिइन्। अलि अब्बासले मलाई स्क्रिप्टसहित चलचित्रमा काम गर्नको लागि कुरा गरेका थिए । म त्यति बेला टाइगर जिन्दा हे को युनिटसँग काम गर्दै थिएँ, सलमान खान पनि त्यही थिए ।’

    ‘कुनै विषयलाई हेर्ने व्यक्तिको आँखा फरक हुन्छन् । म सलमान खानको सबै चलचित्रमा हुन्छु भन्ने हुन्न । यदि यो चलचित्रमा प्रियंका चोपडा छानिएकी थिइन् भने उनले आफ्नै कारणले चलचित्र छोडिन् । भारतमा काम गर्नु मेरो नियती रहेछ । मसँग यो काम आइपुग्नु मेरो लागि खुसीको कुरा हो । जब मैले स्क्रिप्ट पढे मलाई एकदमै मन पर्‍यो र मलाई मेरो लागि यो उत्कृष्ट भूमिका हो जस्तो लाग्यो ।’

    चलचित्रको प्रमोसनदेखि नै प्रियंका चोपडाले चलचित्र अन्तिम समयमा आएर छोडेको बारेमा विवाद आइरहेको छ । सलमानले यही विषयलाई प्रस्ट पार्दै भनेका थिए, ‘प्रियंकाले आफ्नो जीवनभर काम गरिन्, एकदमै मेहनत गरेर । जब उनले जीवनकै सबैभन्दा ठूलो चलचित्रमा काम गर्ने अवसर पाइन् तब उनले चलचित्र छोडेर विवाह गरिन् । सलाम छ उनलाई सामान्यतया मानिसहरु श्रीमानलाई छोडेर यस्तो चलचित्रमा काम गर्छन् ।’

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast