बुधबार, जेष्ठ १४, २०७७
    राज्य-समाज

    गोप्य पाँचबुँदे सहमतिबारे प्रचण्डको खुलासा, छाड्लान त ओलीले सत्ता ? (भिडियोसहित)

    बिहिवार, १६ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, १६ जेठ ।
    पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकीकरणको अघिल्लोदिन बालुवाटारमा भएको सहमतिबारे पहिलोपटक मुख खोल्नु्भएको छ ।  

    प्रचण्डले बुधबार बेलुका प्राइम टेलिभिजनमा ऋषि धमलासँग कुरा गर्दै केपी ओली र आफूले सत्ताको नेतृत्व आलोपालो गर्ने सहमति भएको खुलासा गर्नुभएको हो । 

     

    पार्टी एकता गर्दा समझदारी भएको छ । पार्टीको निर्णय गर्दा सहमतिबाट जानुपर्छ । सरकारको नेतृत्व आलोपालोबाट गर्ने सहमति भएको छ ।

     

    कार्यक्रममा केपी ओली र आफूले साढे दुई–साढे दुई वर्ष सरकार सञ्चालन गर्ने सहमति गरेको प्रचण्डले बताउनुभएको छ । ‘पार्टी एकता गर्दा समझदारी भएको छ । पार्टीको निर्णय गर्दा सहमतिबाट जानुपर्छ । सरकारको नेतृत्व आलोपालोबाट गर्ने सहमति भएको छ’ प्रचण्डको भनाइ छ । 

    लिखित सहमति भएको छ ?  भन्ने प्रश्नको जवाफमा प्रचण्डले भन्नुभयो, ‘लिखितै छ । बाहिरै आइसकेको छ । किताबमा छापिएरै आइसकेको छ ।’

    नेकपाले एकवर्षसम्म सहमति गोप्य राखेको थियो । तर, एबीसी टेलिभिजनका अध्यक्ष शुभशंकर कँडेलले लेखेको ऐतिहासिक एकताका आधारहरूमा अत्यन्त गोप्य राखिएको उक्त सहमति छापिएको छ ।

    पाना नम्बर २०१ मा सहमतिको छ बुँदा खुलाइएको छ भने पाना नम्बर २ मा सम्झौताको प्रतिलिपि नै छापिएको छ । प्रचण्डको भनाइ त्यही सम्झौताप्रति लक्षित छ ।

     

    गोप्य सम्झौताका बुँदा (स्रोतः शुभशंकर  कँडेलको पुस्तक)

    १. जनताको बहुदलीय जनवाद, एक्काइसांै शताब्दीको जनवाद र माओवादसम्बन्धी राजनीतिक मान्यतालाई परिवर्तित नयाँ सन्दर्भमा विकसित र परिमार्जन गरी समाजवाद उन्मुख जनताको जनवादका रूपमा अगाडि बढाउने । आगामी एकता महाधिवेशनमा वैचारिक, राजनीतिक विषय एवं नेतृत्व निर्माण र संगठनसम्बन्धी विषय अल्पमत र बहुमतका आधारमा नभई सहमति र समझदारीका आधारमा टुंगो लगाउने ।

     

    २. पार्टी एकताका संगठनात्मक सिद्धान्त समानता, सम्मानजनक र न्यायोचित हुने ।

     

    ३. एकता महाधिवेशन नहँुदासम्म पार्टीका सम्पूर्ण निर्णय विधिसम्मत र कमिटीबद्ध छलफलका आधारमा लिने तथा दुवै अध्यक्षको सहमति र हस्ताक्षरपश्चात् निर्णयको आधिकारिकता मानिने ।

     

    ४. समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने ।

     

    ५. महाधिवेशनसम्मका लागि केन्द्रीय समिति २४१ र २०० गरी ४४१ जना र स्थायी समिति २५ र १८ गरी ४३ जना रहने । 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast