सोमबार, असोज ६, २०७६
    कला-सौन्दर्य

    सन्नी लियोनीले अभिनय गरेको नेपाली सिनेमाको प्रदर्शन मिति टुंगो लाग्यो

    बिहिवार, १६ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, १६ जेठ । 
    सन्नी लियोनीले अभिनय गरेको नेपाली सिनेमा ‘पासवर्ड’को प्रदर्शन मिति टुंगो लागेको छ । सिनेमा आगामी भदौँ २७ गतेबाट नेपालभरका सिनेमा घरमा प्रदर्शन हुनेछ ।  

    सिनेमा निर्माणमा खर्च धेरै लागेकाले राम्रो डेट हेरेर प्रदर्शन मिति टुंगो लगाएको निर्माण पक्षले जनाएको छ । सिनेमाको कथा, पटकथा तथा संवाद सम्राट बस्नेतले तयार पारेका हुन् । निर्देशन पनि बस्नेतले नै गरेका हुन् ।

    सिनेमामा बिक्रम जोशी (विक्की), सन्नी लियोनी, अनुपबिक्रम शाही बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, धिरेन शाक्य, विक्रान्त बस्नेत, प्रविण खतिवडा, लिशा सुनार, परी राना लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

    सिनेमामा बलिउड अभिनेत्री सन्नी लियोनीले एक गीत र केही सिनमा अभिनय गरेकी छिन् । सन्नी लियोनीले अभिनय गरेको गीतको भिडियोलाई बलिउडका चर्चित कोरियोग्राफर विष्णु देभाले निर्देशन गरेका हुन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast