शुक्रबार, जेष्ठ २३, २०७७
    राज्य-समाज

    यी हुन ‘संविधानसभा पदक’बाट सम्मानित हुने सभासदहरू (नामावलीसहित)

    बिहिवार, १६ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, १६ जेठ ।

    सरकारले संविधान निर्माणमा योगदान पुर्याएका एक हजार एक सय नौ जनालाई संविधानसभा पदकबाट विभूषण गर्दैछ ।

    गणतन्त्र दिवसको अवसरमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा विषेश कार्यक्रम आयोजना गरी संविधानसभा पदक वितरण गरिरहेकी छन् । पदक वितरण बेलुका ५ बजेसम्म जारी रहनेछ ।

    संविधान सभा पदक पाउनेहरु २०६४ र २०७० मा भएका दुवै संविधानसभामा प्रतिनिधित्व गरेका सभासद छन् । पदक पाउनेमध्ये एक नम्बरमा राष्ट्रपति विद्यादेवी भण्डारीकै नाम छ ।

    राष्ट्रपतिपछि प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, पूर्व राष्ट्रपति डा. रामवरण यादव, पूर्व प्रधानमन्त्रीहरूलगायतको नाम वरियताका आधारमा राखिएको छ ।

    पदक पाउनेको सुचीमा भ्रष्टाचारको मुद्दा लागेका पूर्वमन्त्रीद्वय टेकप्रसाद गुरुङ र बद्री न्यौपाने पनि रहेका छन् ।

    हाल प्रतिबन्धित ’विप्लव’ नेतृत्वको नेकपाका तीन नेताले पनि यो पदक पाउने भएका छन् । विप्लव नेतृत्वको नेकपाका नेता खड्कबहादुर विश्वकर्मा, सन्तोष बुढा मगर र उमा भुजेल पदक पाउने सुचीमा छन् ।

     

    सम्मान पाउनेहरूको नामावली यहाँ क्लिक गरेर हेर्नुहोस् 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast