बुधबार, असोज १, २०७६
    पर्यटक

    चीनको विश्वप्रसिद्ध पर्खाल ग्रेटवाल भ्रमणमा दैनिक ६५ हजार पर्यटक

    बुधबार, १५ जेष्ठ २०७६, आहाखबर

    बेइजिङ, १५ जेठ 

    चीनको विश्वप्रसिद्ध पर्खाल ग्रेट वाल भ्रमणका लागि दैनिक ६५ हजार पर्यटक पुग्ने गरेका छन् । ग्रेट वाल भ्रमणको लागि पुगेका पर्यटकहरु दैनिक ६५ हजार जना पुग्ने गरेको बेइजिङ युथ डेली पत्रिकाले बुधबार जानकारी दिएको छ ।

    उक्त दैनिक पत्रिकाले गएको जुन १ देखि गरेको अध्ययनमा सो तथ्यांक भेटिएको समाचारमा जनाइएको छ । बेइजिङबाट ६० किलोमिटर उत्तरपश्चिम क्षेत्र याङ्किङ काउन्टीबाट लिइएको तथयांकमा सो संख्याका पर्यटकहरुले ग्रेट वालको भ्रमण गरेको भेटिएको हो । 

    ग्रेट वाल चीनको प्रख्यात पर्यटकीय संरचना हो । चीन जाने विदेशी पर्यटकहरुका साथै स्वदेशी पर्यटकका लागि पनि ग्रेट वाल एक ठूलो आकर्षण हो । 

    सन् १९५० यता सो ग्रेट वालमा विदेशका उच्चस्तरीय व्यक्तित्व र राष्ट्र प्रमुखहरुलगायत पुग्ने गरेको पाइन्छ । यद्यपी ग्रेट वाल बेइजिङको एक मात्र पर्यटन स्थल भने होइन । 

    ग्रेट वालमा मात्र गत वर्ष करिब एक करोड पर्यटक पुगेका थिए । उक्त दैनिक पत्रिकाले दिएको तथ्यांकमा सो जानकारी दिइएको छ । 

    बेइजिङमै रहेको प्यालेस मुजियममा पनि ठूलो संख्याका पर्यटकहरु आउने गरेका छन् । सोही दैनिक पत्रिकाले दिएको जानकारीअनुुसार त्यहाँ एक दिनमा नै ८० हजार पर्यटक जाने गरेका छन् । 

    यस वर्षको अप्रिलबाट राष्ट्रिय मुजियम अफ चाइनाले दैनिक ३० हजार पर्यटक पुग्ने गरेका छन् । उक्त म्युजियमले हरेक दिन ३० हजार जना पर्यटकले मात्र त्यहाँ भ्रमण गर्न पाउने गरी सो योजना बनाएको हो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast