आईतवार, भाद्र ८, २०७६
    अध्यात्म चर्चा

    त्यसपछि जीवन जिउनुको मजा 'आनन्द' मात्र नभई 'परम-आनन्द'मा रूपान्तरण हुन्छ !

    मंगलवार, १४ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, १४ जेठ ।

    अध्यात्मले हाम्रो जीवन टिकाएको हुन्छ । अध्यात्म र हाम्रो जीवन यी दुई नङ र मासु, हाड र छाला वा शरीर र श्वास समान छन् । 

    यी दुई भिन्न–भिन्न नभई एक–अर्काका परिपूरक हुन्, एक–अर्काका सहयोगी हुन् र एक अर्काका मित्र हुन् । मित्र मात्र नभई परममित्र हुन् । यी दुईको मिलनबाट मात्रै हाम्रो जीवन ‘स्वर्गीय जीवन’ हुन्छ । 

    त्यसपछि जीवन जिउनुको मजा आनन्द मात्र नभई परम आनन्दमा रूपान्तरण हुन्छ । जीवनमा सुख मात्र हैन, परम सुखको रसास्वादन हुन थाल्दछ । शान्ति मात्र हैन, परमशान्तिको अनुभूति हुन थाल्छ । 

    वास्तवमा मानिसको खोज पनि सुख, शान्ति र आनन्द मात्र हैन, परमसुख, परमशान्ति र परमआनन्द हो । हाम्रो जीवनको मूल खोज पनि यही नै हो । हामीले अहिले जीवनमा प्राप्त गरेका सुख, शान्ति र आनन्द त क्षणिक हुन् । 

    केही समयका लागि सुख, शान्ति र आनन्द प्राप्त भएको जस्तो लाग्दछ । तर त्यो स्थायी हुँदैन र फेरि आफ्नो वास्तविकता उही दुःख, तनाव, निराशा हाम्रो हात आइलाग्छ । जब जीवनमा अध्यात्म हराउँछ, तब तनावै–तनाव, चिन्तै–चिन्ता, निराशा नै निराशा मात्रै हुन्छ । बितेको समयको चिन्ता र आउँदो समयको सुख र शान्तिको आश मात्र बाँकी रहन्छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast