सोमबार, असोज ६, २०७६
    कला-सौन्दर्य

    करिष्माले छाडिन् बाबुरामको साथ, पार्टी परित्यागको घोषणा

    मंगलवार, १४ जेष्ठ २०७६, आहाखबर

    काठमाडौं, १४ जेठ ।

    डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टीमार्फत अभिनेत्री करिष्मा मानन्धरले राजनीतिक यात्रा शुरु गरेकी  थिइन् । उनले राष्ट्रमा नयाँ शक्तिको खाँचो भएको भन्दै राजनीति थालेकी थिइन् । तर, राजनीतिमा लागेको ४ वर्षपछि करिष्माले पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् ।

    तत्कालीन नयाँ शक्तिकी नेतृ करिष्माले राजनीति छोडेको बताएकी हुन् । नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेत्तृत्वको संघीय समाजवादी फोरमबीच एकता भएपछि करिष्मा निष्क्रियजस्तै थिइन् । 

    यसैबीच करिष्माले मौखिक रुपमा राजीनामा दिएको बताएकी छिन् । लिखित रुपमा भने राजीनामा दिन बाँकी रहेको उनले बताइन् ।

    उनले व्यक्तिगत व्यस्तताका कारण राजनीतिदेखि टाढा हुने निर्णय गरेको जानकारी गराइन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast