सलमानको ‘भारत’ दुई सय करोड क्लबमा सामेल ! यस्तो छ ग्रस कलेक्सन #आहा खबर# प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश नं २ द्वारा कर्णाली प्रदेश ९ विकेट पराजित #आहा खबर# मोदीले मन पराए नेपालको चुनावी 'मोडल', केन्द्र र प्रदेशको चुनाव एकैपटक गर्न प्रस्ताव ! #आहा खबर# गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन, माइतीघर मण्डलामा मानव सागर #आहा खबर# परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन #आहा खबर# नेप्से परिसूचक घट्यो, ०.२० अंकले घटेर १ हजार २५८ अङ्कमा #आहा खबर# लोकसेवा विज्ञापनविरुद्धको सुनुवाइ फेरि सर्‍यो, फाइललाई एक साथ पेश गर्न आदेश #आहा खबर# पानीजहाजमा काम लगाइदिने भन्दै ६ करोड ठगी गर्ने पक्राउ #आहा खबर# बिहान धेरै सुत्दा दिमाग दुई गुणा बढी चल्ने ! स्वास्थ्यमा अनेकौं फाइदा #आहा खबर# मार्सी धानमा झारनाशक औषधि ‘ब्युटाक्लोर’ प्रयोग नगर्न कृषि विज्ञले सुझाव #आहा खबर# सन् २०१८ सम्ममा ७ करोड मानिस विस्थापित, यस्तो छ राष्ट्रसंघको तथ्यांक #आहा खबर# सधैँ भीड लाग्ने भक्तपुर अस्पतालका आकस्मिक बाहेक सबै सेवा ठप्प #आहा खबर# ओली–दाहालबीच छलफल, पार्टी एकता प्रक्रियालाई गती दिन दबाब #आहा खबर# हयातका आन्दोलनरत मजदूर काममा फर्किए, होटल भने सञ्चालन हुन बाँकि #आहा खबर# भारतका प्रधानमन्त्री मोदीले दिए राहुललाई जन्मदिनको शुभकामना, कति बर्ष पुगे ? #आहा खबर#
    लेख/संवाद

    काठमाडौंको गल्लिमा हरिया मकै पोलिरहेकी एक आमाको कथा !

    मंगलवार, १४ जेष्ठ २०७६, आहाखबर

    काठमाडौं, १४ जेठ

    काठमाडौंको गल्लि गल्लिमा बसेर अनि सडकको छेउछाउमा बसेर बुढी आमाहरु यो जेठको गर्मीमा हरिया मकै फु....फु..... गर्दै पोलिरहेको देख्दा जो कोहिको पनि मन पग्लिन्छ।

    सामान्यतया सबैलाई हेर्दा उहाँले गरेको दु:ख के पो हो र? भन्ने जस्तो हुन सक्छ तर आफ्नो लागि मात्र नभएर आफ्नो परिवार र सन्तानको छाक गुजारा गर्नको लागि र छोराछोरीको पढाई खर्च जुटाउन उहाँले गरेको दु:ख कस्ले पो सजिलै बुझ्न सक्छ र?

    उहाँ मात्र नभएर यसरी मकै पोलेर आफ्नो परिवारको मुखमा गास भर्नाको निम्ति अनि आफ्ना छोराछोरिले सुख पाउन धेरै प्रगती गरून् भन्ने आश बोकेर थुप्रै आमाहरुले दु:ख गरिरहेको देख्न सकिन्छ ।

    त्यसैले हामीले एउटा आमाको कथा ब्यथाहरुको बारेमा जान्न मन लाग्यो। यसै क्रममा हामीले एउटा सान्तिनगरमा मकै पोलेर बसिरहेकी एक आमासँग उहाँको दु:ख र ब्यथाको बारेमा केही प्रश्नहरु सोध्न लाग्यौं।

     

    आमा तपाईंको नाम? 
    -लिलादेबी नेपाली हो बाबु !

     

    तपाईंले यसरी मकै पोल्न थाल्नुभयको कति भयो?
    -भयो बाबू ८ बर्ष ।

     

    यो मकै पोलेर कत्तिको आम्दानी हुन्छ ?
    - खासै धेरै त हुन्न त्यही घरको खर्चलाई बल्लतल्ल पुग्छ।

     

    तपाईंको घरमा आम्दानीको स्रोत भनेको तपाईं मात्र हो?
    - हो बाबु, बुढा ७ बर्ष पहिले नै बित्नुभयो। छोराछोरी बल्ल पढ्दै छन।

     

    अनि मकैको सिजन नहुदा के गर्नुहुन्छ नि?
    - अरुबेला त म चाट्पट र पानीपुरी बेच्ने गर्छु।

     

    तपाईंका छोराछोरीहरुले तपाईले गरेको दु:ख र पिडा कत्तिको बुझ्छन त आमा?
    - बुझ्ने गर्छन्, किनभने उनिहरुको बिदा हुँदा मसंगै आउँदा उनीहरुले मेरो दु:ख राम्रोसङ बुझेका हुन।

     

    तपाईले पोलेको मकै खाएर मान्छेहरूले के भन्छन?
    -कतिले खासै वास्ता गर्दैनन् तर कतिले भने कति मिठो पोल्नुभएको भन्दै धन्यवाद है आमा भन्दै जान्छन् ।

       
    हुन्छ त आमा धन्यवाद छ है तपाईंलाई आफ्नो कुराहरु राख्दिनुभएकोमा, मकै निकै मिठो लाग्यो , ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast