मंगलवार, श्रावन ७, २०७६
    सार्क

    मोदीको सपथ ग्रहणमा विमिस्टेक सदस्य राष्ट्रका सरकार प्रमुखलाई बोलाउने तयारी !

    सोमबार, १३ जेष्ठ २०७६, आहाखबर
    (फाईल तस्बिर)

    काठमाडौं, १४ जेठ

    नरेन्द्र मोदीको दोस्रो कार्यकालको सपथ ग्रहणमा विमिस्टेक राष्ट्र/सरकार प्रमुखहरुलाई निम्ता गरिएको छ । 

    पहिलो कार्यकालमा सबै सार्क मुलुकका सरकार प्रमुखहरुलाई बोलाएर सपथ ग्रहण गरेका मोदीले यस पटक भने विमिस्टेक मुलुकका राष्ट्र/सरकार प्रमुखहरुलाई बोलाउन लागेका हुन् । 

    उनले विमिस्टेक सहित सार्क मुलुक र रसियाका सरकार/राष्ट्रप्रमुखलाई बोलाउने इच्छा जनाएको भएपनि सो विषयमा निर्णय भने भइनसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

    कूटनीतिक रुपमा नयाँ अभ्यास सुरु गर्दै मोदीले आफ्नो पहिलो कार्यकालमा सार्क मुलुकका सबै सरकार प्रमुखहरुलाई सपथग्रहणमा बोलाएका थिए । यसपल्ट उनले विमस्टेका राष्ट्र/सरकार प्रमुखलाई बोलाएका हुन्।

    २३ मे मा सम्पन्न १७ औं लोकसभा चुनावमा एनडिएको ३५२ र भाजपा एक्लैले ३०३ मत ल्याएपछि एनडीए गठबन्धनले सरकार बनाउने निश्चित भएको हो । 

    प्रधानमन्त्री मोदीले बिहीबार अर्थात् ३० मे का दिन सपथग्रहण गर्दैछन् । भूराजनीतिक सम्बन्धमा बढी प्राथमिकता दिने मोदीले यस पटक विमस्टेक मुलुकका प्रमुखलाई बोलाएका हुन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast