बुधबार, असोज १, २०७६
    धर्म-संस्कृति

    ‘हिन्दू धर्म लोप गराउने षड्यन्त्र’, पशुपतिनाथ मन्दिरको जग्गामा क्रिश्चियन चर्च

    सोमबार, १३ जेष्ठ २०७६, आहाखबर

    काठमाडौं, १३ जेठ

    पशुपतिनाथ मन्दिरको जग्गामा चर्च सञ्चालन हुने गरेको पाइएको छ ।

    आजको कान्तिपुर दैनिक लेख्छ– काठमाडौं महानगरपालिका–७ को कित्ता नम्बर ९९ र २३४ मा पशुपतिनाथको जमिनमा मिसनरिज अफ च्यारिटीले कुत बुझाएर चर्च सञ्चालन गरेको हो । 

    मिसनरिजले वर्षमा १ हजार ७ सय ८८ रुपैयाँ कुत बुझाउँदै आएको छ । 

    ‘यो हिन्दू धर्म लोप गराउने षड्यन्त्र हो ’, पशुपतिनाथ मन्दिरका भण्डारी केदारमान भण्डारी भन्छन्, ‘हिन्दुको क्षेत्रमा अन्य धर्मले अतिक्रमण गर्नु हुँदैन । यो कानुनविपरित छ।’ 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast