मंगलवार, मंसिर ३, २०७६
    सार्क

    यस्तो पनि ! मोदीलाई कुदृष्टि नलागोस् भनी बनारसको कालभैरव मन्दिरमा पूजा !

    यस्तो पनि ! मोदीलाई कुदृष्टि नलागोस् भनी बनारसको कालभैरव मन्दिरमा पूजा !

    सोमबार, १३ जेष्ठ २०७६, आहाखबर
    (सांकेतिक तस्बिर)

    काठमाडौं, १३ जेठ 

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका समर्थकहरू उनीमाथि खराब  नजर नपरोस् भन्ने कामना राख्छन् । त्यसैले गर्दा उनीहरूले काशीको बाबा कालभैरवको मन्दिरमा पूजाआजा गरेका छन् । 

    उनीहरूले कालभैरव मन्दिरमा प्रधानमन्त्री मोदीको कटआउट राखेर विशेष पूजा गरे अनि झारफुक गरेर खराब नजर पनि उतारे ।

    कालभैरवका पुजारीहरूले आइतवार मोदीको कटआउटलाई दण्डले झारफुक गरे अनि कालभैरवको रक्षाकवचका रूपमा ताबिज पनि बाँधे । 

    उनीहरूले बटुक भैरव स्तोत्र, कालभैरव अष्टक स्तोत्र र नवग्रह शान्ति पूजन पनि गरे । यसो गर्दा देशका प्रधानमन्त्रीमाथि कुदृष्टि बाधाबाट मुक्ति प्राप्त हुने र बाबा कालभैरवको आशीर्वाद रहिरहने उनीहरूको आशा छ । 

    त्यसबाहेक कालभैरवका पुजारीहरूले मन्दिरको गर्भगृहमा पनि मोदीको कटआउट लगेर सर्स्युँको तेल, रक्सी र मिठाइबाट प्रधानमन्त्री मोदीको कुदृष्टि फ्याँकेर कालभैरवको आशीर्वाद दिलाए । अनि त्यो मिठाइलाई परम्परा अनुसार मन्दिर बाहिर सुँगुरलाई खुवाइयो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast