मंगलवार, श्रावन ७, २०७६
    सार्क

    राजीनामा दिने राहुल गान्धीको प्रस्ताव कांग्रेस कार्यसमितिद्वारा अस्वीकृत

    शनिबार, ११ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, ११ जेठ । 

    लोकसभा चुनावमा कांग्रेसले नराम्रो हार व्यहोरेको छ । उसले थुप्रै राज्यमा खाता समेत खोल्न सकेन र जम्मा ५२ सिट जितेको छ । चुनावमा निराशाजनक प्रदर्शनपछि राहुलको नेतृत्व क्षमतामाथि प्रश्न उठेको छ ।

    लोकसभा चुनावमा व्यहोरेको हारपछि कांग्रेस अध्यक्ष राहुल गान्धीले राजीनामा दिने प्रस्ताव राखेका छन् । तर कांग्रेस कार्यसमितिले त्यसलाई अस्वीकार गरेको छ ।

    चुनावपछि बसेको कांग्रेस कार्यसमितिको बैठकमा राहुलले पद छोड्ने प्रस्ताव राखेका थिए । प्रवक्ता रणदीप सिंह सुरजेवालालले भनेका छन्, ‘कांग्रेस अध्यक्षले राजीनामाको प्रस्ताव राखे तर, कार्यसमितिले एक स्वरले खारेज गरेको छ । किनकी अहिले उनको नेतृत्व आवश्यक छ ।

    बैठकमा यूपीए अध्यक्ष सोनिया गान्धीसहित वरिष्ठ नेताहरु थिए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast