नयादिल्ली, ११ जेठ ।
हारपछि भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले राजीनामाको घोषणा गरेका छन् ।
राहुल गान्धीले लोकसभामा पराजयपछि बसेको कांग्रेस कार्यसमिति बैठकमा शनिबार राजीनामा घोषणा गरेका हुन् ।
लोकसभा निर्वाचनमा पार्टीको प्रदर्शनको समीक्षा गर्नका लागि कांग्रेस कार्यसमिति बैठक बोलाएको थियो । बैठकको सुरुमा नै राहुल गान्धीले राजीनामा घोषणा गरेका थिए ।
तर, कांग्रेस कार्यसमिति बैठकका सदस्यहरूले भने राजीनामा फिर्ता लिन आग्रह गरेका छन् । सबै कार्यसमिति सदस्यहरूले राजीनामा दिन नहुने र पार्टीलाई एकजुट गरेर नयाँ नेतृत्वसहित अगाडि बढ्नुपर्ने बताएका छन् ।
राहुल गान्धी भने आफ्नो राजीनामा अडिग रहेको बताइएको छ। भारतीय संचारमाध्यमका अनुसार राहुल अडिग रहे भने अर्को अध्यक्ष को होला र भारतको सबैभन्दा पूरानो पार्टी कसरी अगाडि बढ्ला भन्ने बहस सुरु भएको छ ।
राहुलले राजीनामा दिएर हारको जिम्मेवार आफू पनि भएको देखाएका छन् । कांग्रेसले लोकसभामा लगातार दोस्रोपटक हार बेहोरेको थियो । उसले सन् २०१४ मा भएको लोकसभा निर्वाचनमा मात्र ४४ सिट ल्याएको थियो ।
यसपटक ५४३ सिटको लोकसभा निर्वाचनमा राहुल नेतृत्वको कांग्रेसले ५२ सिट मात्र जितेको छ । राहुल गान्धी आफै पनि वर्षौंदेखि जित्दै आएको पुस्तौनी सिट अमेटठीबाट पराजित भएका छन् ।
यो लोकसभा निर्वाचनबाट सत्तारुढ दल भारतीय जनता पार्टी एक्लैले बहुमत प्राप्त गरेको छ। कांग्रेस केन्द्रीय कार्यसमिति बैठकअघि तीन प्रदेशका अध्यक्षहरूले भने राजीनामा दिएका छन् । कर्नाटक, उत्तर प्रदेश र उडीसाका अध्यक्षहरूले राजीनामा दिएका छन् ।
गान्धीहरुको पुनर्जन्म
कांग्रेसका मानिसहरु राहुल गान्धी या उनको नाम हारको कारण मान्दैनन् । पार्टीका एक कार्यकर्ताका अनुसार राहुल गान्धीलार्य अमित शाह जस्तै सहयोगीको खाँचो रहेको बताउँछन् ।
प्रधानमन्त्रीका सबैभन्दा नजिकका सहयोगी एवम् भाजपा अध्यक्ष अमित शाहलाई गुजरात तथा देशमा भाजपाको जितका लागि रणनीति बनाउने श्रेय दिने गरिएको छ ।
कांग्रेस कार्यकर्ता यो हारका लागि सार्वजनिक रुपमा राहुल गान्धीलाई जिम्मेवार मान्ने देखिँदैन । उनीहरु राहुल गान्धीकै पछि उभिएको देखिने छन् ।
पछिल्लो दुई वर्षमा राहुलको छवीमा केही सुधार भएको छ । उनी छायाबाट बाहिर आएका छन् । उनको राजनीतिक व्यवहारमा खुलापन आएको छ । सामाजिक सञ्जालमा उनको अभियान पहिले भन्दा राम्रो भएको छ र सरकारका विभिन्न गतिविधिमा बलियो रुपमा आफ्नो भनाई प्रस्तुत गर्दै आएका छन् ।
यो देखियो कि उनले आक्रामक रुपमा अभियान चलाए । एजेन्डा निर्धारण गरे । गएको सेप्टेम्बरमा राजस्थान, मध्य प्रदेश र छत्तीसगढमा उनी आफ्नो पार्टीको सरकार बनाउन सफल रहे । यसले पार्टीलाई फेरि सुधारको मार्गमा ल्याएको ठानियो ।
र यो वर्षको फेब्रुअरीमा बहिनी प्रियंका गान्धीलाई औपचारिक रुपमा राजनीतिमा ल्याएपछि लाग्यो कि राहुल गान्धीले केही गर्दै छन् । केही कांग्रेसी कार्यकर्तालाई यो विश्वास पनि लाग्छ कि प्रियंका गान्धीमा यो राजनीतिक परिवारलाई बचाउने क्षमता छ जस्तो लाग्छ ।
कारण जे होस् प्रियंका गान्धी राजनीतिक समस्या थाम्न हिचकिचाएको देखिएको छ । राहुल र प्रियंका नजिक छन्, यसले गर्दा उनी राहुलको विपक्षमा उभिने सम्भावना निकै कम छ । तर यो सम्भावना भने छ कि उनी राहुल गान्धीको सक्रिय सहयोगी बन्ने छिन् ।
कसैलाई यो आश त थिएन कि कांग्रेसले लोकसभा चुनावमा सीधा जित हाँसिल गर्छ, तर पहिले भन्दा राम्रो गर्छ भन्ने अनुमान भने लगाइएको थियो । यहि कारणले नतिजाले पार्टीका नेतासहित आम सर्वसाधारणलाई पनि चकित पारेको छ ।
राहुल गान्धी संसदमा रहने भए पनि यो प्रश्न गर्न थालिएको छ कि, के कांग्रेसमा गान्धी युगको अन्त्य हो ? या के पार्टीलाई फेरि पुनर्जीवित गर्नका लागि गान्धी परिवारको राजनीतिलाई अन्त्य गरिदिनु पर्छ ?
+977-01- 4111671, 2110057
aahakhabar@gmail.com