मंगलवार, भाद्र ३, २०७६
    स्वाद/परिकार

    दुबई छोडेर मटन भुटन, दैनिक १५ हजारको व्यापार, यसरी बनाउनुहोस् स्वादिष्ट परिकार

    शनिबार, ११ जेष्ठ २०७६, आहाखबर

    चितवन, ११ जेठ । 

    विदेशमा छ वर्षको बसाईपछि फर्किएका भुवनराज अधिकारीले परिश्रम गर्यो भने स्वदेशमै त्यहाँको भन्दा राम्रो कमाइ गर्न सकिन्छ भन्ने बल्ल अनुभव गर्नुभयो । 

    दुबईमा मासिक रु ३० हजार हाराहारी कमाइ गर्नुहुने अधिकारीले अहिले दैनिक १५ हजारभन्दा बढीको व्यापार गर्नुुुहुन्छ ।
     
    भरतपुर महानगरपालिका–६ चोकबजार निवासी अधिकारी विसं २०६० बाट छ वर्ष दुबई बसेर स्वदेशमै केही गर्ने योजना बुन्दै नेपाल फर्किनुभयो । चोक बजारमै काकाले शुरुआत गरेको होटल उहाँले सम्हाल्नुभयो । होटलको नाम थियो अधिकारी रेष्टुराँ । 

    खाजा पाक्थ्यो भुटन र मटन । उत्साहित हुँदै अधिकारीले भन्नुभयो, “पहिलो दिनमा मैले रु छ हजारको व्यापार गरेँ, निकै खुशी लाग्यो ।” उहाँको होटलमा दैनिक स्थानीय जातको खसी काटेर  भुटनका परिकार बनाइन्छन् ।  
     
    व्यापार बढ्दै गएपछि उहाँ उत्साहित हुँदै जानुभयो । बजार नजिकै एक कट्ठा जग्गा किनेर घर र रेष्टुराँसँगै बनाउनुभयो । अधिकारीले अहिले दैनिक रु १५ हजारको हाराहारीमा व्यापार गर्नुहुन्छ । श्रीमती अम्बिका र एकजना कामदारले उहाँलाई सघाउँदै आएका छन् । उहाँले भन्नुभयो, “विदेशको कमाइभन्दा यहाँ धेरै राम्रो छ, म सन्तुष्ट छु ।” दुई सन्तान छन् अधिकारीका । 

    छोरीले निजी विद्यालयबाट एसइई दिएकी छिन् भने छोरा निजी विद्यालयमा पढ्दै छन् । दुई सन्तान पढाउनेदेखि घरखर्च टार्दै बचत पनि गर्न सकेको अधिकारी बताउनुहुन्छ ।
     
    एकै प्रकारको खाजा खुवाउने हुँदा जिल्लाका विभिन्न ठाउँबाट ग्राहक आउने गरेको उहाँको भनाइ छ । बैंकका कर्मचारी, शिक्षक, घर जग्गा व्यवसायी, सरकारी कर्मचारी उहाँका नियमित ग्राहकजस्तै छन् । 

    आफ्नै घर भएकाले भाडा तिर्न नपर्ने र कर्मचारी एकजना मात्रै भएकाले बचत राम्रो हुने गरेको छ । अधिकारीले भन्नुभयो, “लगन लगाएर काम गर्यो भने नेपालमै केही गर्न सकिन्छ ।” नियमित खट्दा उपलब्धि हुन्छ भन्ने अनुभव उहाँले गर्नुभएको छ ।

    खसीको मासु बनाउने तरिका

    खसीको मासु हरेक जसो नेपाली परिवारको भान्सामा पाक्ने गर्छ। तर केही कुरा, केही कुरा थपेर खसीको मासुलाई थप स्वादिष्ट बनाउन सकिन्छ।

    आवश्यक सामग्री 

    खसीको मासु 

    टमाटर, लसुन र अदुवा, धनियाँ, सुकेको खुर्सानी 
    जीरा, गरम मसला, प्याज, नुन, बेसार, तोरीको तेल
    खुर्सानीको धुलो, तेजपत्ता सुकमेल लगायतका मसला 

     

    विधि :

    सुरुमा जीरा र धनियाँलाई पिस्ने र त्यसपछि लसुन अदुवा राखेर पिस्ने।
    अब त्यो मसलालाई मासुमा राख्ने र राम्रोसंग मोल्ने । 
    त्यसपछि त्यसमा नुन, तेल, बेसार राखेर मोल्ने ।
    राम्रोसनग मोलेपछी छोपेर राख्ने ।
    अब एउटा भाँडामा तेल तताउने र तेल तातेपछि प्याज फुराउने ।
    प्याज खैरो भएपछी टमाटर राख्ने र केही छिन छोपेर पाक्न दिने ।
    त्यसपछि त्यसलाई सेलाउन दिने र पेस्ट बनाउने ।
    अब एउटा भाँडोमा तेल तताउने र तेल तातिसकेपछि तेज्पत्ता, सुकमेल लगायतका मसला फ्राई गर्ने ।
    फ्राई गरेपछि त्यसमा मासु राख्ने र पकाउने ।
    अब मासुलाई चलाउने र त्यसमा गरम मसला र प्याज टमाटरको पेस्टलाई राख्ने ।
    त्यसपछि त्यसलाई राम्रोसंग चलाउने र छोपेर पकाउने।

     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast