मंगलवार, श्रावन ७, २०७६
    सार्क

    किन राहुल गान्धी मोदीको विकल्प बन्न सकेनन् ? के साँच्चै असफल भएकै हुन् त ?

    किन राहुल गान्धी मोदीको विकल्प बन्न सकेनन् ? के साँच्चै असफल भएकै हुन् त ?

    शनिबार, ११ जेष्ठ २०७६, आहाखबर

    एजेन्सी, ११ जेठ

    राहुल गान्धीले भरमग्दुर प्रयास गरे। तर, ‘एक्जिट पोल’का अनुसार उनी तत्काल आर्थिक र सामाजिक सुधारको खाँचो रहेको देशमा ‘म मोदीको विकल्प हुँ’ भनेर भारतीय मतदातालाई विश्वस्त तुल्याउन असफल भए। 

    अन्ततः भारतको छ साता लामो सात चरणको आम चुनाव सकिएको छ। आइतबार सार्वजनिक भएको ‘एक्जिट पोल’अनुसार सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) ले संसद्मा बहुमत कायम गर्नेछ। 

    मे २३ का दिन अन्तिम नतिजा प्राप्त हुनेछ। तर, भारतको विपक्षी दल भाजपाको राजनीतिक आकर्षण र राष्ट्रवादी विचारधाराको प्रतिकार गर्न असफल भएको स्पष्ट भइसकेको छ।  

    दोस्रो पटक चुनाव जित्न भाजपाका लागि सबैभन्दा ठूलो अवरोध थियो, राहुल गान्धीको नेतृत्वमा रहेको कंग्रेस पार्टी। 

    सन् २०१४ को आम चुनावमा नराम्ररी पराजित भएको पार्टीलाई राजनीतिक रूपमा फेरि प्रासंगिक बनाउन र आफ्नो छवि चम्काउन गान्धीले निकै ठूलो मेहनत गर्नुपर्यो। नेहरु परिवारको चौथो पुस्ताका गान्धीलाई सम्भ्रान्त र गैरराजनीतिक नेता मान्ने गरिन्थ्यो। 

    गान्धीको नेतृत्वमा कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘निकम्मा चौकीदार’ साबित गर्ने रणनीति अपनायो। उनको हरेक भाषणको सुरुवात र निष्कर्ष ‘चौकीदार चोर हो’ नै हुन्थ्यो। 

    मोदी उद्योगी तथा व्यापारीको रक्षक बनेको र सर्वसाधारणको जीवन सुधार्न केही नगरेको आरोप उनी लगाउँथे। 

    राफेल विमान सम्झौतालगायत भ्रष्टाचार काण्ड उचालेर मोदीको इमानदारीमा पनि कांग्रेसले प्रश्न उठायो। तर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले महत्त्व दिए पनि यो विषयले आम जनतालाई छुन सकेन। 

    भारतका ग्रामीण भेगका किसान, कम आय भएका जनसमूह र श्रमिकलाई यस विषयमा सामान्य जानकारीसमेत थिएन। 

    भाजपाको खराब कृषि नीति, नोटबन्दी र गरिबी हटाउने अभियानमा मोदीको असफलताको आलोचना गर्दै कंग्रेसले गरिबजनको मत तान्ने प्रयास गर्योग।

    गान्धी र केजरीवाल दुवै मोदीका आलोचक हुन् तर राजधानीमा चुनाव जित्न दुवैले आफ्ना असहमतिलाई बिसाउन सकेनन् 

    चुनावी अभियानमा गरिबीको रेखामुनि रहेका परिवारलाई प्रतिमहिना ८० डलर रकम खातामा हालिदिने वाचा पनि गरियो। तर, यी कुनै पनि रणनीतिले गरिबको मत तान्न सकेन। 

    भाजपाको धार्मिक आक्रमण र कांग्रेस ‘हिन्दुविरोधी र मुस्लिमपक्षीय’ भएको आरोपको खण्डन गर्न पनि यो पार्टीले निकै प्रयास गर्यो। भीडले मानिसको हत्या गरिरहँदा, अल्पमतमाथि बहुमत हाबी भइरहँदा तथा अल्पसंख्यक र नागरिक स्वतत्रन्तामाथि आक्रमण भइरहँदा गान्धीले हिन्दु मन्दिरहरूको दर्शन गरे। 

    सबैभन्दा बढी सिटसंख्या भएको उत्तर प्रदेशमा समाजवादी पार्टीका अखिलेश यादव र बहुजन समाज पार्टीकी मायादेवीसँग पनि गठबन्धन गर्न कंग्रेसले अस्वीकार गर्यो 

    अल्पसंख्यकमाथिको आक्रमणमा उनी प्रायः मौन बसे। कांग्रेसले अपनाएको नरम हिन्दुत्वको यो रणनीतिले उसलाई नै घाटा लगायो। ‘वास्तविक हिन्दुत्वका नेता हुँदाहुँदै नक्कलीलाई जनताले किन मत दिने ?’ एक भाजपा नेताले मलाई प्रश्न गरेका थिए ।

    गान्धीले आफूलाई पनि धेरै परिवर्तन गरे। मोदीलाई टक्कर दिनुपर्ने बेलामा दिल्लीको आफ्नो निवासमा सम्भ्रान्त साथीहरूसँग हेलमेल गरेर समय बिताउने र छुट्टी मनाउन विदेश जाने गरेको आरोप उनलाई लाग्दै आएको थियो। तर, यस पटकको चुनावी अभियानमा उनले आफूलाई जमिनसँग जोड्ने प्रयास गरे। 

    पहिले उनी सञ्चारमाध्यमबाट टाढा रहन्थे। तर, गत महिना उनले देशका लगभग सबै ठूला मिडियासँग कुराकानी गरे। समाचार वेबसाइट, पत्रिका, जहाँसुकै उनी थिए। अन्तर्वार्ताका हरेक आग्रह उनले स्वीकार गरे।

    उनलाई बहिनी प्रियंकाको साथ रह्यो। उत्तर प्रदेशको चुनावी अभियान उनले सम्हालिन्। तर, राजनीतिक मञ्चमा उनको आगमन ढिला भयो र त्यसले मतदाताको मन जित्न सकेन।  

    तर, कांग्रेसको सबैभन्दा ठूलो गल्ती भने राष्ट्रिय र क्षेत्रीय दलसँग गठबन्धनका लागि प्रयास नगर्नु हो। यसले भाजपाको जीतलाई सुनिश्चित गर्यो । नयाँ दिल्लीमा कंग्रेसले अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीसँग गठबन्धन गरेन। 

    यो पार्टी २०१४ को निर्वाचनबाट एकाएक उदाएको थियो। गान्धी र केजरीवाल दुवै मोदीका आलोचक हुन् तर राजधानीमा चुनाव जित्न दुवैले आफ्ना असहमतिलाई बिसाउन सकेनन्। त्यसैकारण एक्जिट पोलअनुसार दिल्लीको सातै सिट भाजपाको भागमा पर्दै छ। 

    त्यस्तै, सबैभन्दा बढी सिटसंख्या भएको उत्तर प्रदेशमा समाजवादी पार्टीका अखिलेश यादव र बहुजन समाज पार्टीकी मायादेवीसँग पनि गठबन्धन गर्न कंग्रेसले अस्वीकार गर्यो । 

    यी दुईले अर्को स्थानीय पार्टी राष्ट्रिय लोक दलसँग मिलेर महागठबन्धन गरे। यही गठबन्धन मोदीको सबैभन्दा बलियो विपक्षी बन्न पुग्यो। 

    मोदीको ‘चायवाला’ छविविरुद्ध मायादेवी सबैभन्दा सशक्त सांस्कृतिक र राजनीतिक चुनौती हुन्। उनी दलित हुन्। टेलिफोन अपरेटरकी छोरी हुन्। जातव्यवस्था र पितृसत्ताविरुद्ध लड्दै आएकी उनी आज देशको सबैभन्दा महत्त्वपूर्ण दलित नेतृ हुन्। 

    यो महागठबन्धनले भाजपाबाट केही सिट ‘चोर्न’ सफल भए पनि कंग्रेस अलग्गै चुनाव लड्दा विपक्षी मत बाँडिन पुग्यो। यसले फेरि पनि भाजपालाई नै सहयोग पुग्यो। तर, कंग्रेस मात्र भाजपालाई रोक्न असफल भएको होइन। 

    राहुल गान्धीले भरमग्दुर प्रयास गरे। उनका सहयोगी दलले पनि सक्दो कोसिस गरे। तर, उनी भारतीय मतदातालाई रिझाउन असफल भए। 

    पश्चिम बंगालमा मोदीको मुख्य चुनौती थिइन्, तृणमूल कंग्रेसकी नेतृ ममता बनर्जी। यो राज्यमा बंगलादेशी आप्रवासीको डर देखाएरै भाजपा चुनावमा होमियो। 

    ममताले अल्पसंख्यक मुस्लिमलाई खुशी पार्न ‘घुसपैठिया’को पक्ष लिएको आरोप भाजपाले लगायो। हिम्मतिली र स्पष्टवक्ता बनर्जीले भाजपासँग सीधा युद्ध गरिन् तर चुनाव जित्न सकिनन्। 

    अघिल्लो चुनावमा पश्चिम बंगालमा दुई सिट मात्र जितेको भाजपाले एक्जिट पोलअनुसार १० भन्दा बढी सिट जित्ने सम्भावना छ। वामपन्थीको किल्ला मानिएको यो राज्यमा भाजपाको यति ठूलो उपस्थिति पहिलो पटक हो। 

    तत्काल आर्थिक र सामाजिक सुधारको खाँचो रहेको देशमा ‘म मोदीको विकल्प हुँ’ भनेर मतदातालाई विश्वस्त तुल्याउन राहुल असफल भए। 

    यसको आप्रवासीविरोधी नीति र अभियानले बंगालमा मात्र होइन, छिमेकको असममा पनि काम गर्यो । त्यहाँ सबै सिट भाजपाले जित्ने अनुमान छ। 

    देशको दक्षिणमा भाजपा कहिल्यै पनि प्रमुख राजनीतिक शक्ति रहेन। कंग्रेसझैँ उसले पनि यो क्षेत्रमा सहायक भूमिका खेल्दै आएको छ। कंग्रेससँग थुप्रै क्षेत्रीय पार्टीले गठबन्धन गरेका छन्। 

    तर, राम्रो नतिजा ल्याउने केही क्षेत्रीय दलले संसद्मा भाजपालाई सघाउने निश्चित छ। समग्रमा एक्जिट पोल सत्य साबित भए, भाजपाले कंग्रेसलाई मात्र होइन, क्षेत्रीय पार्टीहरूलाई पनि हराउनेछ। 

    कंग्रेसका पदाधिकारी अहिले नै पार्टीको असफलतामा पछुतो मान्न थालिसकेका छन्। केहीले उच्च नेता र तिनका वरिपरि रहेकाले जनमतको माहौल बुझ्न नसकेको आरोप लगाएका छन्। 

    कंग्रेसले आफूलाई गलत ठाउँमा उभिएको पायो। यसले मोदीको नेतृत्वमा कार्यकारी राष्ट्रपतिको जस्तो शैलीमा चलाइएको भाजपाको चुनावी अभियानलाई जवाफ दिन सकेन। राष्ट्रवादी भाष्यविरुद्ध संयुक्त मोर्चा बनाएर लड्न सकेन। 

    आफ्ना उग्रराष्ट्रवादी नाराको सहारामा भाजपाले विपक्षी दललाई तह लगाइराख्यो। कंग्रेस र अन्य विपक्षी पार्टी यो भाष्यलाई खण्डन गर्न असफल रहे। उनीहरूले जनताको आवाज सुन्नमा भन्दा मोदीको ‘सर्जिकल स्ट्राइक’को दाबी खण्डन गर्नमा बढी समय खर्चिए। 

    भारतमा विगतमा एक्जिट पोल पटक–पटक गलत सिद्ध हुँदै आएको छ। सन् २००४ मा एक्जिट पोलले कंग्रेस विजयी हुने अनुमान गर्न सकेको थिएन। तर, २००४ को विपरीत अहिले देशमा भाजपाको विकल्प नै नभएको महसुस हुन्छ। 

    राहुल गान्धीले भरमग्दुर प्रयास गरे। उनका सहयोगी दलले पनि सक्दो कोसिस गरे। तर, उनी भारतीय मतदातालाई रिझाउन असफल भए। 

    तत्काल आर्थिक र सामाजिक सुधारको खाँचो रहेको देशमा ‘म मोदीको विकल्प हुँ’ भनेर मतदातालाई विश्वस्त तुल्याउन राहुल असफल भए। 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast