आईतवार, असोज ५, २०७६
    यातायात

    दैलेखमा मिनी ट्रक दुर्घटना, ३ जनाको मृत्यु

    शुक्रबार, १० जेष्ठ २०७६, आहाखबर

    दैलेख, १० जेठ 

    दैलेखमा मिनी ट्रक दुर्घटना हुँदा शुक्रबार् ३ जनाको मृत्यु भएको छ । 

    सुर्खेतबाट जुम्ला जाँदै गरेको मिनी ट्रक दैलेखको डुङ्गेश्वर गाउँपालिका–१ निगालपानीमा दुर्घटना हँुदा तीन जनाको मृत्यु भएको हो । 

    जिल्ला प्रहरी कार्यालय दैलेखका निरीक्षक प्रेम क्षेत्रीका अनुसार तीन वटै शव जलेको अवस्थामा भेटिएको छ । ट्रकको नम्बर प्लेट पनि जलेको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरी निरीक्षक क्षेत्रीले जानकारी दिनुभयो । आज दिउँसो सडकबाट करीब ३०० मिटर तल ट्रक खसेको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast