मंगलवार, श्रावन ७, २०७६
    सार्क

    चुनाव जितेपछि नेपाली नेतालाई मोदीले फर्काए जवाफ, भाजपा बलियो सरकार !

    चुनाव जितेपछि नेपाली नेतालाई मोदीले फर्काए जवाफ, भाजपा बलियो सरकार !

    शुक्रबार, १० जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, १० जेठ ।

    भारतमा चुनाव जितेपछि त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई दिइएको बधाईको लागि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेपाली नेताहरुलाई जवाफ फर्काएका छन् । 

    उनले प्रधानमन्त्री ओलीलाई फर्काएको जवाफमा धन्यवाद दिँदै नेपाल र भारत लामो समयदेखि निकटका साथी र छिमेकी भएको उल्लेख गरेका छन् । उनले  जनस्तरमा पनि प्रगाढ सम्बन्ध रहेको चर्चा गर्दै  दुई देशको सम्बन्ध अझ उचाईमा पुर्याउनका लागि ओली सँग काम गर्न आफू प्रतिक्षा गरिरहेको समेत जनाएका छन् ।

    त्यसैगरी प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिएको बधाईको जवाफमा मोदीले धन्यवाद दिँदै नेपाल र भारतबीचको विशेष सम्बन्धको चर्चा गरेका छन् । उनले  दुई देशबीच रहेको  परम्परागत निकट र मित्रवत सम्बन्धलाई अझ बलियो बनाउन आफूहरु प्रतिबद्ध रहेको समेत जनाएका  छन् ।

    Thank you PM @kpsharmaoli for your warm wishes. Nepal and India have been close friends and neighbours since time immemorial, nurtured by our strong people-to-people bonds. I look forward to continue working with you to take India-Nepal relationship to ever greater heights. https://t.co/ySA7gtzVu2

    — Narendra Modi (@narendramodi) May 23, 2019

    नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले ट्विट मार्फत दिएको बधाईमा धन्यवाद दिँदै मोदीले भारत दुई पक्षीय सम्बन्ध सुदृढ गर्नका लागि नेपाल सरकारसँग काम गर्न इच्छुक रहेको बताएका छन् ।  त्यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्विटमा जवाफ फर्काउँदै मोदीले आफूहरु नेपालसँगको साझेदारीलाई अझ बलियो बनाउने कुरामा गहिरो हिसाबले प्रतिबद्ध रहेको जनाएका छन् ।

    त्यस्तै, राप्रपाका अध्यक्ष कमल थापालाई जवाफ दिँदै मोदीले भारतले नेपालसँगको निकटको, ऐतिहासिक र बहुपक्षीय साझेदारीलाई महत्व दिएको जनाएका छन् ।  त्यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दिएको बधाईको जवाफ फर्काउँदै मोदीले भारतले नेपाल सँग सम्बन्धलाई महत्व दिएको बताउँदै नेपालको  उच्च राजनीतिक तहमा निरन्तर सम्बन्धको लागि आफू प्रतिक्षारत रहेको समेत जनाएका छन् ।

     

    चुनावी हिसाब

    सन् २०१४ मा भाजपा एक्लैले २८२ सिट जितेको थियो जुन पछिल्लो तीन दशकमा कुनै पनि राजनीतिक दलले प्राप्त गरेको सबैभन्दा ठूलो जित थियो ।

    उक्त निर्वाचनमा भाजपाको गठबन्धनले संसद्‌मा कुल ३३६ सीट ओगट्न सफल भएको थियो ।

    सन् २०१४ मा कङ्ग्रेसले ४४ सीट जितेको थियो भने उसको गठबन्धनसहित जम्माजम्मी ६० सीट पुगेको थियो ।

    हालको निर्वाचनमा भाजपाले निकै महत्त्वपूर्ण मानिने उत्तर प्रदेश राज्यमा पनि ५० प्रतिशत सीट जित्ने आकलन गरिएको छ ।

    असी सिट भएको उक्त राज्यमा दुईवटा क्षेत्रीय दलहरू मिलेर भाजपाविरुद्ध उभिएका थिए ।

    त्यस्तै पश्चिम बङ्गालमा पनि भाजपाले निकै राम्रो प्रदर्शन गरेको छ ।

    भारतका पाँच राज्यमध्ये चार दक्षिणी राज्य आन्ध्र प्रदेश, तेलङ्गना, तमिलनाडू र केरलामा भने भाजपाको प्रदर्शन राम्रो हुन सकेन ।

    कुनै पनि दल वा गठबन्धनलाई लोकसभामा बहुमत प्राप्त गर्न कम्तीमा २७२ सीट चाहिन्छ ।

     

    गुलाफ फूलको वर्षा

    बिहीवार साँझ दिल्लीस्थित पार्टी मुख्यालयमा प्रवेश गर्दा उनलाई समर्थकहरूले गुलाफको फूल वर्षाएर स्वागत गरेका थिए ।

    "हामी सबै एक नयाँ भारत चाहन्छौँ। म नतमस्तक भई धन्यवाद भन्न चाहन्छु," भारतीय जनता पार्टी (भाजपा) का समर्थकहरूलाई सम्बोधन गर्दै उनले भने ।

    "आउने दिनहरूमा म नराम्रो अभिप्राय वा उद्देश्यले कुनै काम गर्नेछैन । काम गर्दैगर्दा गल्ती पनि हुन सक्छ। तर खराब नियतले केही गर्ने छैन । तपाईँहरूले ममाथि यत्रो भरोसा जनाउनुभएको छ, म आफ्नो लागि केही गर्नेछैन ।"

    मतगणना हुँदै गर्दा लोकसभाको ५४३ सीटमध्ये भाजपाले झन्डै ३०० सीट जित्ने प्रक्षेपण गरिएको छ । उसको गठबन्धनले ३४० भन्दा धेरै सीट जित्न सक्छ ।


    मोदीले दिए ‘श्रीकृष्ण’को उपाधि

    ‘देशभरिका करोडौँ नागरिकले यो फकिरको झोली भरिदिएका छन्, म भारतीय नागरिकको शिर झुकाएर नमन गर्दछु,’ उनले भने।

    ‘लोकतन्त्रप्रति भारतको प्रतिबद्धता पूरै विश्वले थाहा पाएको छ,’ मोदीले भने, ‘लोकतन्त्रका लागि जजसले बलिदान दिए, जो घायल भए- उनको परिवारजनप्रति समवेदना प्रकट गर्छु,’ उनले भने।

    चुनाव प्रक्रिया उत्तम तरिकाले सम्पन्न गरेकामा उनले चुनाव आयोगलाई धेरै धेरै बधाई दिए।

    २०१९ को चुनावमा १ अर्ब ३० करोड भारतीयले श्रीकृष्णका रुपमा जवाफ दिएको मोदीको टिप्पणी थियो। ‘१ सय ३० करोड नागरिकले श्रीकृष्णका रुपमा भारतका लागि मतदान गरेका छन्,’ उनले भने।

    यो चुनाव कुनै उम्मेदवार वा पार्टी नभएका जनताले लडेको उनले बताए।

    ‘हिन्दुस्थान विजयी भएको छ, लोकतन्त्र विजयी भएको छ, जनता जनार्दन विजयी भएका छन्,’ उनले भने, ‘यो विजयलाई हामी जनता जनार्दनको चरणकमलमा समर्पण गर्दछौँ ।’

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast