आईतवार, असोज ५, २०७६
    यातायात

    चीनले भन्यो, ‘नेपालमा रेल ल्याउन सहज छैन’

    बिहिवार, ९ जेष्ठ २०७६, आहाखबर

    काठमाडौं, ९ जेठ

    नेपालका लागि चीनका राजदूत होऊ यान्छीले भौगोलिक विकटताका कारण नेपालमा रेल ल्याउन अत्यन्त जटील रहेको भन्दै दुई–तीन वर्षमै यो कार्य सम्भव नहुने स्पष्ट पारेकी छिन्। 

    यस्ता परियोजना निर्माणका लागि वैज्ञानिक दृष्टिकोण जरुरी रहेको देखाईएको छ । दूतावासद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएकी हुन् ।  

    भूकम्पले क्षति पुर्याएको तातोपानी नाकालाई पुरानै अवस्थामा फर्काउन निकै मेहनेत गरिएको उनले जनाएकी थिइन् । उनले नाका खुल्ने तिथी भने सार्वजनिक गरिनन् ।

    उनले चिनियाँ राष्ट्रपति सि जिनफिङ्गको भ्रमण उपयुक्त समयमा हुने जनाउँदै नेपालमा रेल ल्याउन अप्ठेरो भएपनि ल्याइने समेत बताइन् ।

    ‘स्पष्ट भन्नुपर्दा प्रस्तावित रेलमार्गको भौगोलिक बनोट साँच्चै समस्यापूर्ण छ’, बालुवाटारस्थित चिनियाँ दूतावासमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै नेपालका लागि चिनियाँ राजदूत हउ यानछीले भनिन्, ‘रेल भित्र्याउने कार्य सजिलो छैन। 

    यो आज घोषणा गरेर भोलि पूरा हुने योजना होइन। यो त एक–एक खुड्किलो चढ्दै पूरा हुने विषय हो।’ काठमाडौंमा हुने रेलको बहस सुनेर आफू अचिम्मत हुने गरेको उनको भनाइ थियो। 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast