आईतवार, असोज ५, २०७६
    यातायात

    टिपरको ठक्करबाट १ जनाको मृत्यु

    बिहिवार, ९ जेष्ठ २०७६, आहाखबर

    उर्लाबारी, ९ जेठ 

    मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित खोर्साने–केराबारी भित्री सडकखण्डमा टिपरको ठक्करबाट बिहिबार दिउँसो एक जनाको मृत्यु भएको छ ।      

    बिहान उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को१ख ४३५५ नंको टिपरले विपरीत दिशाबाट जाँदै गरेको को५प ५५०० नंको मोटरसाइकललाई ठक्कर दिँदा चालक केराबारी गाउँपालिका–९ का ४८ वर्षीय बमबहादुर बस्नेतको मृत्यु भएको हो । 

    टिपरको ठक्करबाट गम्भीर घाइते भएका बस्नेतको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार टिपर र त्यसका चालक धनुषाका ३१ वर्षीय राजकुमार मगरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान शुरु गरिएको छ । 

     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast