आईतवार, असोज ५, २०७६
    यातायात

    टिभीएसको एक्सचेन्ज जात्राः मोटरसाईकल तथा स्कूटर साट्दा उपहार पनि पाइने

    बिहिवार, ९ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, ९ जेठ । 
    नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ग्राहकको हितलाई दृष्टिगत गर्दै एक्स्चेञ्ज योजना अघि सारेको छ । विश्व विख्यात टिभीएस कम्पनीका मोटरसाईकल तथा स्कूटर नेपालमा पनि अत्याधिक रुचाइएका छन् ।

    विभिन्न आकर्षक मोडल तथा पावर इन्जिनमा उपलब्ध मोटरसाईकल तथा स्कूटर अब ग्राहकले पुरानो तान्न छाडेर नयाँ हाक्न पाउने गरी जगदम्बा मोटर्सद्वारा एक्स्चेञ्ज अफर टिभीएस एक्सचेञ्ज जात्रा संचालन गरेको छ ।

    यही जेठ ७ गतेदेखि ११ गतेसम्म जावलाखेल चोकमा संचालन भइरहेको योजनामा ग्राहकले आफूसँग कुनै पनि अवस्थामा भएको कुनै पनि ब्राण्डको मोटरसाईकल तथा स्कूटरको सट्टामा नयाँ टिभीएस मोटरसाईकल तथा स्कूटर एक्सचेन्ज गर्न सक्नेछन् ।

    यस योजनामा ग्राहकले ३ तरिकाबाट नयाँ टिभीएस मोटरसाईकल रोज्ने विकल्प प्राप्त गर्नेछन् । जस अनुसार पहिलो ग्राहकले आफूसँग भएको जुनै अवस्थाको मोटरसाईकलको न्यूनतम ग्यारेन्टी मुल्य रु.२५ हजार प्राप्त गर्ने, त्यस्तै दोस्रो एक स्यार सट् स्क्य्राच कुपनबाट कम्तीमा रु. १० हजारदेखि बढीमा रु. एक लाखसम्मको पक्का नगद छुट प्राप्त गर्ने र तेस्रो शुन्य प्रतिशत फाइनान्स सुविधा प्राप्त गर्ने रहेका छन् । यसका अतिरिक्त टिभीएस टु ह्वीलर साट्दा हेलमेट, रेनकोट, मोटरसाईकल कभर र ब्याग उपहार पनि प्राप्त गर्नेछन् ।

    योजनाका सम्बन्धमा जानकारी दिंदै जगदम्बा मोटर्सका भाईस प्रेसिडेन्ट दिपक अग्रवालले भन्नुभयो “यो योजनाको मुख्य उद्देश्य भनेकै हाम्रा आदरणीय ग्राहकहरुलाई पुरानो मोटरसाईकल तथा स्कूटरबाट छुट्कारा दिलाई टिभीएसका नवीन डिजाइन र प्रविधिका मोटरसाईकल तथा स्कूटरहरुको सवार गराउनु हो । यसैकारणले हामीले ग्राहकहरुलाई विशिष्ट सुविधाहरू समेत यस योजनामा उपलब्ध गराएका छौं । आशा छ, टिभीएस टु ह्वीलरमा रुची राख्नु हुने ग्राहकहरूले यो सुनौलो अवसरको लाभ उठाउनु हुने नै छ ।”
     

    उक्त योजना नेपालको अन्य शहरहरूमा पनि संचालन गर्दै लैजाने उहाँले जानकारी दिनुभयो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast