बिहिवार, असोज २, २०७६
    बैंक-बीमा

    कर्मचारीको वृत्ति विकासका लागि लिडरशीप एकेडेमीसँग सिभिल बैंकको सम्झौता

    बिहिवार, ९ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, ९ जेठ ।
    सिभिल बैंकले कर्मचारीको वृत्ति विकासका लागि लिडरशीप  एकेडेमी नेपालसँग सहकार्य सम्झौता गरेको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एकेडेमीको तर्फबाट सिटिओ अरुण जोशीले हस्ताक्षर गर्नुभएको छ । 

    ‘समृद्धिको लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढेकाले दक्ष कर्मचारी नै सबल बैंकिङको आधार मानेर कर्मचारीहरूको दक्षता अभिवृद्धि गर्ने हेतुले एकेडेमीसँग सम्झौता गरेको गुरुङले जानकारी दिनुभयो । 

    ‘राइस युनिभर्सिटी बिजिनेस स्कूल एक्जुकेटिभ एडुकेशन’अमेरिकासँग अनुबन्धित एकेडेमी मानव संशाधनको वृत्ति विकासमा परिचित नाम हो ।


    औषधोपचार बीमाको दाबी रकम भुक्तानी
    बैंकले केहि महिना अगाडि ल्याएको ‘सम्मान बचत खाता’ मा आकर्षक ब्याजको अलावा औषोधपचार खर्चमा एक लाखसम्म र दुर्घटना मृत्युमा सात लाखसम्मको बीमा सुबिधा प्रदान गरेको छ ।

    बैंकले सम्मान बचत खाता खोलेका ग्राहकहरुको औषोधपचार खर्चबापतको बीमा दाबी रकम भुक्तानी गरेको हो । औषोधपचार खर्चको बीमा दाबी रकम बैंकले काठमाडौँका रिकेश शाक्य, बिराटनगरका रायचन्द बोथारा र मनोज पोखरेल तथा लेखनाथका पार्वती बास्तोलालाई प्रदान गरेकाे छ ।

    आधुनिक प्रबिधियुक्त बैंकिङ सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहक सेवालाई निरन्तर रुपमा चुस्तदुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ । हालसम्म ७३ शाखामार्फत सेवाप्रदान गरिरहेको र थप ३३ शाखा विस्तारको क्रममा रहेको पनि बैंकले जनाएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast