सोमबार, कार्तिक २५, २०७६
    कृषि-उर्जा

    कुलमानको चमत्कार : यहि वर्षादेखि २ सय मेगावाट विद्युत भारतलाई बेच्ने

    बुधबार, ८ जेष्ठ २०७६, आहाखबर

    काठमाडौं, ८ जेठ । 

    नेपाल विद्युत प्राधिकरणले यहि वर्षातदेखि २०० मेगावाट विद्युत भारत निर्यात गर्ने भएको छ । 

    विद्युत प्राधिकरणले आगामी वर्ष ५० बढी आयोजनाबाट करिब एक हजार तीन सय मेगावाट विद्युत उत्पादन हुने प्रक्षेपण गरेको छ । 

    अहिले रातको समयमा ९०० मेगावाट मात्रै विद्युत माग रहेको र असारभित्र नेपालले एक हजार एक सय मेगावाटभन्दा बढी विद्युत उत्पादन गर्ने हुँदा रातको समयमा बढि हुने करिब २०० मेगावाट विद्युत निर्यात गर्ने अवस्थामा पुगेको हो ।

    प्राधिकरणले निर्माण गरेको ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ए र १४ मेगावाटको कुलेखानी ३ बाट ७४ मेगावाट विद्युत थपिदै छ । त्यसैगरी निजी क्षेत्रका आयोजनाबाट ४० मेगावाट विद्युत थपिइसकेको छ । 

    वर्षातमा सबै आयोजना पूर्ण क्षमतामा चलेमा एक हजार एक सय मेगावाटभन्दा बढि विद्युत उत्पादन हुने र रातको सयमा ९०० मेगावाट हाराहारी मात्रै विद्युत खपत हुने हुँदा २०० मेगावाट विद्युत निर्यात गर्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

    रातको समयमा विद्युत माग नौ सय मेगावाट हारहारी छ । १०० मेगावाट जति माग तलमाथी भइरहन्छ । भदौ भन्दापछि आयोजनाले शतप्रतिशत विद्युत उत्पादन गर्ने र त्यतीबेला सम्म थप केहि आयोजना पनि सञ्चालनमा आइसक्ने हुँदा नेपालले २०० मेगावाट जति विद्युत भारत निर्यात गर्ने भएको हो ।

    आगामी वर्ष ४५६ मेगावाटको माथिल्लो तामाकोशी, १११ मेगावाटको रसुवागढी, ८२ मेगावाटको तल्लो सोलु, ४२.५ मेगावाटको साञ्जेन लगायतका आयोजना र यो वर्ष विद्युत उत्पादन गर्न नसकेका १२० मेगावाटका ९ आयोजना समेत गरी एक हजार दुई सय ७० मेगावाट विद्युत उत्पादन हुने प्राधिकरणको प्रक्षेपण छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast