बिहिवार, असोज २, २०७६
    बैंक-बीमा

    पुनरकर्जा

    केन्द्रीय बैंकद्वारा २३ अर्ब ६ करोड लगानी, ऋण लिने हजारौं

    बुधबार, ८ जेष्ठ २०७६, आहाखबर

    काठमाडौं, ८ बैशाख :

    नेपाल राष्ट्र बैंकले रु २३ अर्ब छ करोड रकम पुनरकर्जाको रुपमा लगानी गरेको छ । उत्पादनशील क्षेत्रतर्फ कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले बैंकले सहुलियत दरमा प्रदान गर्ने कर्जाको उपयोग बढेको हो । 

    केन्द्रीय बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको नौ महीनाको अवधिमा पुनरकर्जाको उपयोग गर्नेको सङ्ख्यामा वृद्धि भएको उल्लेख गरेको छ ।

    त्यस्तो कर्जा एक हजार ५७७ ऋणीले उपभोग गरेका छन् । नेपाल सरकारबाट पाँच प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपक्षी व्यवसाय कर्जा लिनेको सङ्ख्यामा १४ हजार ६३९ पुगेको छ ।

    बैंकका अनुसार साधारण पुनरकर्जा रु १८ अर्ब ९७ करोड र निर्यात पुनरकर्जा रु एक अर्ब ४९ करोड उपयोग भएको छ । यस्तै गत चैत मसान्तसम्ममा भूकम्प पीडितलाई आवासीय घर निर्माणको लागि रु दुई अर्ब ५८ करोड रकम प्रदान गरिएको छ । 

    त्यस्तो कर्जा एक हजार ५७७ ऋणीले उपभोग गरेका छन् । नेपाल सरकारबाट पाँच प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपक्षी व्यवसाय कर्जा लिनेको सङ्ख्यामा १४ हजार ६३९ पुगेको छ ।
     
    सो कार्यक्रमअन्तर्गत रु २५ अर्ब १८ करोड कर्जा बक्यौता रहेको छ भने रु ९८ करोड २२ लाख ब्याज अनुदान प्रदान गरिएको छ । 

    सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ मा व्यवस्था भएका अन्य क्षेत्रतर्फ रु १३ करोड ६४ लाख कर्जा बक्यौता रहेको छ ।

    यस्तै चालू आवको नौ महीनामा वाणिज्य बैंकहरुले रु ११ खर्ब ६५ अर्ब र अन्य वित्तीय संस्थाले रु एक खर्ब ९९ अर्ब ३३ करोडको अन्तर–बैंक कारोवार गरेका छन् । 

    अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंक र अन्य वित्तीय संस्थाहरुले क्रमशः रु आठ खर्ब ८२ अर्ब ८७ करोड र रु २७ अर्ब ४१ करोड कारोवार गरेका थिए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast