आईतवार, असोज ५, २०७६
    यातायात

    चीनको फड्को ! अमेरिकामाभन्दा १४ गुणा बढी विद्युतीय बस, शून्य उत्सर्जनको लक्ष्य

    मंगलवार, ७ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, ७ जेठ

    अहिलेसम्म हेर्दा विद्युतीय सवारी साधनको क्षेत्रमा चीनले ठूलो अग्रता लिएको छ । सन् २०१८ को तथ्यांकअनुसार उसले जति प्रगति गरेको छ बाँकी विश्वले त्यहाँसम्म पुग्न अझै धेरै वर्ष संघर्ष गर्नुपर्नेछ ।

    अमेरिकाको अर्थ विश्लेषक कम्पनी ब्लुम्बर्गले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्षसम्म विश्वमा ४ लाख २५ हजार विद्युतीय सार्वजनिक सवारी अस्तित्वमा आएका छन् । ती मध्ये ४ लाख २१ चीनसँग छन् ।

    यो तथ्यांकले चीनको वातावरणमैत्री सवारी साधनतर्फको आकांक्षा प्रतिविम्बित गर्दछ ।

    अमेरिकासँग ३ सय वटा विद्युतीय बस भएको अवस्थामा चीनले ३२ प्रतिशतको वृद्धि हाँसिल गर्दै सन् २०१८ मा सार्वजनिक विद्युतीय बस सञ्चालनमा ठूलो फड्को मारेको हो ।

    जब कि सबैभन्दा बढी वातावरणमैत्री बहस हुने युरोपसँग २ हजार २५० विद्युतीय बस मात्र छन् ।

    चीनले सन् २०२५ सम्ममा आफ्नो देशमा विद्युतीय सवारीको संख्या ६ लाख पुर्‍याउने लक्ष्यसहित काम गरिरहेको छ । त्यति बेलासम्म अमेरिकाले ५ हजार विद्युतीय सवारी संख्या पुर्‍याउने लक्ष्य राखेको छ ।

    एउटा अनुमानअनुसार चीनले सार्वजनिक बसहरुमध्ये १८ प्रतिशत विद्युतीय बनाइसकेको छ । ब्लुम्बर्गको अनुसन्धानले यो तथ्य सही भएको उल्लेख गरेको छ ।

    जैविक तेलको विकल्प र वातावरणमैत्री विद्युतीय सवारी साधनको विषय अमेरिकी राजनीतिमा मुख्य मुद्दा बन्न सकिरहेको छैन । एक जना अमेरिकी राष्ट्रपति उमेद्वारले मात्र सन् २०३० सम्म विद्युतीय सवारी प्रयोग गरी शून्य उत्र्सजनको लक्ष्य राखेका छन् ।

    यसबाट के पुष्टि हुन्छ भने विद्युतीय सवारी साधन प्रविधिमा चीनले पाएको सफलताबारे अमेरिकालाई धेरै चासो छैन। युरोपेली संघले सन् २०२५ सम्म वातावरणमैत्री सवारी संचालनमा ल्याउने घोषणै गरिसकेको छ। यो अवस्थामा अमेरिकालाई विद्युतीय सवारी साधन खाँचो पर्दैन भन्ने होइन ।

    धेरै मानिस चढ्न मिल्ने बसहरु ठूला हुन्छन्, प्रयोग हिसाबले कारभन्दा धेरै प्रयोग हुन्छन् । अमेरिका अहिलेसम्म बसभन्दा निजी कारको अवधारणामा केन्द्रित छ, त्यो पनि तेलबाट सञ्चालन हुने ।

    अमेरिकाले विद्युतीय सवारीको प्रतिस्पर्धामा त्यतिबेला मात्र चीनलाई भेट्नेछ जतिबेला उ बलियो विश्वाससाथ विद्युतीय सवारी निर्माणतर्फ लाग्नेछ । उत्तर अमेरिका विद्युतीय सवारी निर्माणमा पहिल्यैदेखि तयार छ । घरेलु प्रतिस्पर्धाका कारण ती देशहरुले सोचेजस्तो गर्न सकिरहेका छैनन् । प्रतिस्पर्धा एक्लैले जितिँदैन । फेरि यसमा पुराना कार निर्माताको बजार गुम्ला कि भन्ने त्रासले पनि काम गरेजस्तो देखिन्छ ।

    (एजेन्सीको  सहयोगमा)

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast