मंगलवार, मंसिर ३, २०७६
    ओएमजी Omg!

    गर्मीले सताएपछि टोयोटा कारलाई गोबरले लिपियो, धेरैको जिज्ञाशा यस्तो !

    मंगलवार, ७ जेष्ठ २०७६, आहाखबर

    एजेन्सी, ७ जेठ । 

    फेसबुकमा भाईरल भैरहेको फोटोमा कारलाई पुरै गोबरले लिपेको देख्न सकिन्छ ।

    भारतको अहमदाबादमा गर्मीबाट बच्न कारलाई गाइको गोबरले लिपेका छन् । 

    ४५ डिग्री भन्दा माथिको गर्मीबाट बच्न कारलाई गोबरले लिपिएको हो । गाउँमा घरको भित्ता र जमिनलाई गोबरले लिप्ने चलन रहेको छ । 

    फेसबुक प्रयोगकर्ता रुपेश गौरंग दासले उक्त गाडीको फोटो फेसबुकमा राख्दै लेखेका छन् ‘ मैले देखेको गोबरको सबैभन्दा राम्रो सदुपयोग ‘। दासले भन्छन् ४५ डिग्रीको गर्मी बच्न गाडीलाई गोबर लिपिएको हो ।  उक्त गाडी श्रीमती सेजल शाहको रहेकको पनि उनले लेखेका छन् ।

    टोयोटाको सेडान गाडीलाई गोबर लिपिएको फोटो सामाजिक संजालमा भाईरल भैरहेको छ । धेरैको जिज्ञाशा ‘गोबरको गन्ध हटाउँन के गरियो?’ भन्ने रहेको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast