आईतवार, असोज ५, २०७६
    मुभी-थिएटर

    फिल्म ‘पोई पर्यो काले’को निर्माण घोषणा, सौगात र श्रृष्टी, पूजा र आकाशको मुख्य भूमिका

    मंगलवार, ७ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, ७ जेठ ।

    शिशिर राणाको लेखन तथा निर्देशनमा तयार हुने फिल्म ‘पोई पर्यो काले’को आज एक कार्यक्रमका बीच निर्माण घोषणा भएको छ । यस फिल्मको शुभसाइत चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटोले गरेका हुन् ।

    शिव ढकालको सिनेमाटोग्राफी रहने यस फिल्ममा  पुरुषोत्तम न्यौपाने र सुवाष भुषालको संगीत रहनेछ । फिल्ममा सौगात मल्ल, पूजा शर्मा,आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ, राजाराम पौडेल, सोहित मानन्धरको मुख्य भूमिका रहनेछ ।कमेडी जनरमा निर्माण हुन् लागेको यस फिल्ममा दिपक मनाङ्गे र देवी राइको लगानी रहने छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast