मुम्बई, ७ बैशाख ।
केही अघिमात्रै भारतीय जनता पार्टीको पूर्व अध्यक्ष नितिन गडकरीको हातबाट आफ्नो नयाँ फिल्मको पोस्टर जारी गरेका बलिउड अभिनेता विवेक ओबराय एका-एक ट्विटरमा ट्रोल बनेका छन् । ओबरायले आफ्नो ट्विटर एकाउण्टमा एउटा व्यंग्यात्मक तस्वीर शेयर गरेका थिए ।
जसमा तीन तस्वीरलाई मिलाएर एउटा फोटो बनाईएको छ । फोटामा सिलमान खान, ऐश्वर्या राय बच्चन र ओवराय आफै तथा ऐश्वर्या, अभिषेक बच्चन र छोरी आराध्याको अलग अलग समय अन्तरालको फोटो समावेश छ ।
विवादको मूल कारण
नायक ओवरायले अन्य कसैले अपलोड गरेको फोटोमा साधारण प्रतिक्रिया दिदै शेयर गरेपछि त्यो पोष्ट केही क्षणमै भाइरल बनेको थियो ।
यसैबीच राष्ट्रय महिला आयोगले एउटा नोटिस जारी गर्दै विवेक ओबेरायसँग जवाफ समेत मागेको छ ।
भारतमा भर्खरै सम्पन्न लोकसभा निर्वाचनको नतिजा यही विहिबार आउँदैछ । अहिले त्यहाँ निर्वानको नतिजालाई लिएर बिभिन्न अड्कलबाजीहरु भैरहेका छन् । यस्तो अवस्थामा ओवरायले गरेको तस्वीरमा ओपिनियन पोल वा एग्जिट पोलका विषयमा तीखो व्यंग्य प्रहार गरिएको छ ।
के लेखेका थिए विवेकले ?
विवेकले लेखेका छन् की यो तस्वीर उनलाई निकै क्रिएटिभ लाग्यो र उनले शेयर गरे । जसमा कुनै राजनीति छैन ।
अन्तमा उनले लेखेका छन् - वास्तवमा यही नै लाइफ हो ।
के छ तस्वीरमा ?
हुन त निकै सामान्य लाग्ने उक्त तस्वीरको माथिल्लो भागमा सलमान खान र ऐश्वर्यालाई जोडीकोरुपमा उतारिएको छ भने जसमा ओपिनियन पोल लेखिएको छ ।
त्यस्तै, दोश्रो नम्बरमा स्वयम् विवेक र ऐश्वर्याको सँगैको तस्वीर छ, जसमा एग्जिट पोल लेखिएको छ ।
तेश्रो तथा अन्तिम भागमा अभिषेक, ऐश्वर्या र उनीहरुकी छोरी आराध्याको तस्वीर छ र त्यसमा रिजल्ट लेखिएको छ ।
राँचीका युवकले अपलोड गरेका थिए तस्वीर
ओवरायले शेयर गरेको उक्त तस्वीरलाई राँचीका पवन सिंहले आफ्नो ट्विटर ह्याण्डलबाट अपलोड गरेका थिए ।
विवेकले पवनको त्यही पोष्टलाई ट्वीट तथा शेयर गरेका थिए ।
- एजेन्सीहरुको सहयोगमा
+977-01- 4111671, 2110057
aahakhabar@gmail.com