बिहिवार, असोज ३०, २०७६
    सावधान

    प्रधानमन्त्रीलाई मारिदिन्छु भन्दै सामाजिक सञ्‍जालमा टिप्पणी गर्ने १ जना पक्राउ

    सोमबार, ६ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, ६ जेठ

    दश लाख दिए प्रधानमन्त्री केपीशर्मा ओलीलाई मारिदिन्छु भनेर सामाजिक सञ्‍जालमा टिप्पणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले सोमबार दिउँसो डिल्लीबजारबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक स्थायी घर भई डिल्लीबजारमा किराना पसल सञ्‍चालन गरिरहेका लालबहादुर तामाङ रहेको अपराध महाशाखा प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । 

    उनले 'भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि हमला' भन्दै सामाजिक सञ्‍जालमा लेखेको स्टाटसमा 'दश लाख दिए प्रधानमन्त्री ओलीलाई मारिदिने' भन्‍दै प्रतिक्रिया दिएका थिए । एसएसपी थापाका अनुसार उनलाई साइबर अपराध मुद्दाअर्न्तगत कारबाही गरिने भएको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast