गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन, माइतीघर मण्डलामा मानव सागर #आहा खबर# परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन #आहा खबर# नेप्से परिसूचक घट्यो, ०.२० अंकले घटेर १ हजार २५८ अङ्कमा #आहा खबर# लोकसेवा विज्ञापनविरुद्धको सुनुवाइ फेरि सर्‍यो, फाइललाई एक साथ पेश गर्न आदेश #आहा खबर# पानीजहाजमा काम लगाइदिने भन्दै ६ करोड ठगी गर्ने पक्राउ #आहा खबर# बिहान धेरै सुत्दा दिमाग दुई गुणा बढी चल्ने ! स्वास्थ्यमा अनेकौं फाइदा #आहा खबर# मार्सी धानमा झारनाशक औषधि ‘ब्युटाक्लोर’ प्रयोग नगर्न कृषि विज्ञले सुझाव #आहा खबर# सन् २०१८ सम्ममा ७ करोड मानिस विस्थापित, यस्तो छ राष्ट्रसंघको तथ्यांक #आहा खबर# सधैँ भीड लाग्ने भक्तपुर अस्पतालका आकस्मिक बाहेक सबै सेवा ठप्प #आहा खबर# ओली–दाहालबीच छलफल, पार्टी एकता प्रक्रियालाई गती दिन दबाब #आहा खबर# हयातका आन्दोलनरत मजदूर काममा फर्किए, होटल भने सञ्चालन हुन बाँकि #आहा खबर# भारतका प्रधानमन्त्री मोदीले दिए राहुललाई जन्मदिनको शुभकामना, कति बर्ष पुगे ? #आहा खबर# गुठी विधेयकको विरोधमा प्रदर्शन : ट्राफिक अस्तव्यस्त, यी ७ स्थानमा गाडीहरु डाइभर्ट #आहा खबर# नगद लुट्न माइक्रो फाइनान्समा कार्यरत युवतीको हत्या, अभियुक्तको खोजी शुरु #आहा खबर# ३३ करोडको लागतमा बन्ने भयो जाजरकोटमा आधुनिक अस्पताल #आहा खबर#
    शेयर बजार

    शेयरको मूल्य ओरालो लाग्ने क्रम जारी, नेप्से ९ अंकले घटेर १ हजार ३ सय ७ अङ्कमा थामियो

    सोमबार, ६ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, ६ जेठ

    धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लाग्ने क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ९.१३ बिन्दुले घटेर एक हजार ३०७.७१ अङ्कमा झरेको छ । 

    यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९९ बिन्दुले घटेर २७९.८० मा घटेको छ । स्टकका अनुसार कूल १७२ कम्पनीको ३३ लाख ९८ हजार ६८० कित्ता शेयर रु एक अर्ब २२ करोड पाँच लाख सात हजार ४८५ मूल्यमा खरीद बिक्री भए । 

    कारोवार भएका कूल ११ उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयरमा वृद्धि भएको छ । जलविद्युत् १६.५९ र अन्य २.७६ बिन्दुले बढेको छ । त्यस्तै बैंकिङ ७.२७, होटल ४.५८, विकास बैंक २०.३५, वित्त १९.९६, निर्जीवन बीमा ११९.२५, उत्पादन ५२.६९, लघुवित्त १६.८२, जीवन बीमा ८५.४४ र सामूहिक लगानी कोष ०.१९ बिन्दुले घटेको छ । 

    शिवम् सिमेन्टको सबैभन्दा बढी मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २५ करोड २१ लाख ६० हजार २९३ मा कारोवार भएको छ । यस्तै नेपाल बैंक लिमिटेड रु २३ करोड २१ लाख ९५ लाख ४९८, हिमालयन डिस्टिलरी रु आठ करोड २९ लाख ५६ लाख ७२१, बुटवल पावर कम्पनी रु चार करोड ४७ लाख सात हजार ५६७ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार आज कर्पोरेट डेभलपमेन्ट बैंक ९.९१, मल्टीपर्पोज फाइनान्स कम्पनी ९.७०, सिन्धु विकास बैंक ९.२९, वेस्ट फाइनान्स कम्पनी ९.२८, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ९.०९ प्रतिशतले कमाएका छन् ।

    यस्तै आज पाँचथर पावर कम्पनी ७.७६, मिथिला लघुवित्त वित्तीय संस्था ७.२५, शिवम् सिमेन्ट ५.४०, रिडी हाइड्रो पावर ५.०५, कन्काई विकास बैंकका शेयरधनीले ४.७६  प्रतिशतले गुमाएका छन् । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast