मोदीले मन पराए नेपालको चुनावी 'मोडल', केन्द्र र प्रदेशको चुनाव एकैपटक गर्न प्रस्ताव ! #आहा खबर# गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन, माइतीघर मण्डलामा मानव सागर #आहा खबर# परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन #आहा खबर# नेप्से परिसूचक घट्यो, ०.२० अंकले घटेर १ हजार २५८ अङ्कमा #आहा खबर# लोकसेवा विज्ञापनविरुद्धको सुनुवाइ फेरि सर्‍यो, फाइललाई एक साथ पेश गर्न आदेश #आहा खबर# पानीजहाजमा काम लगाइदिने भन्दै ६ करोड ठगी गर्ने पक्राउ #आहा खबर# बिहान धेरै सुत्दा दिमाग दुई गुणा बढी चल्ने ! स्वास्थ्यमा अनेकौं फाइदा #आहा खबर# मार्सी धानमा झारनाशक औषधि ‘ब्युटाक्लोर’ प्रयोग नगर्न कृषि विज्ञले सुझाव #आहा खबर# सन् २०१८ सम्ममा ७ करोड मानिस विस्थापित, यस्तो छ राष्ट्रसंघको तथ्यांक #आहा खबर# सधैँ भीड लाग्ने भक्तपुर अस्पतालका आकस्मिक बाहेक सबै सेवा ठप्प #आहा खबर# ओली–दाहालबीच छलफल, पार्टी एकता प्रक्रियालाई गती दिन दबाब #आहा खबर# हयातका आन्दोलनरत मजदूर काममा फर्किए, होटल भने सञ्चालन हुन बाँकि #आहा खबर# भारतका प्रधानमन्त्री मोदीले दिए राहुललाई जन्मदिनको शुभकामना, कति बर्ष पुगे ? #आहा खबर# गुठी विधेयकको विरोधमा प्रदर्शन : ट्राफिक अस्तव्यस्त, यी ७ स्थानमा गाडीहरु डाइभर्ट #आहा खबर# नगद लुट्न माइक्रो फाइनान्समा कार्यरत युवतीको हत्या, अभियुक्तको खोजी शुरु #आहा खबर#
    राज्य-समाज

    तस्कर र भष्ट्राचारीलाई निस्तेज पार्नुपर्छः गृहमन्त्री थापा

    सोमबार, ६ जेष्ठ २०७६, आहाखबर

    काठमाडौं, ६ जेठ ।
    गृहमन्त्री रामबहादुर थापाले तस्कर र भष्ट्राचारीलाई  निस्तेज पार्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सोमबार आयोजित कार्यक्रममा थापाले  राष्ट्र र नागरिकको सफलतापूर्वक सुरक्षा गर्ने नेपाल सरकारको मुख्य जिम्मेवारी रहेको उल्लेख गर्दै यस्तो जिम्मेवारीका लागि सहि सूचना संकलन गर्नुपर्ने बताउनुभयो ।

    कुनै पनि अपराधीलाई नियन्त्रण गर्न ठोस सूचना आवश्यक रहेको बताउँदै उहाँले सहि सूचना, यथार्थ एवम् ठोस प्रमाणको आधारमा सुरक्षा योजना तथा नीति निर्माण गर्न सकिने बताउनुभयो । राष्ट्रिय अनुसन्धान विभागको मुख्य जिम्मेवारी ठोस सूचना संकलन गर्नु रहेको बताउँदै गृहमन्त्री थापाले आगामी दिनमा सूचना संकलनको लागि अनुसन्धान विभागलाई प्रभावकारी रुपमा प्रस्तुत हुन निर्देशन समेत दिनुभयो ।  

    सरकारले राज्य व्यवस्थालाई उल्टाउन सक्रिय रहेका तत्वलाई निस्तेज र नियन्त्रण गर्ने नीति लिएको चर्चा गर्दै थापाले देशको अर्थतन्त्रको रक्षा र विकास गर्न आर्थिक अपराधमा संलग्न तस्कर, भष्ट्राचारीलाई नियन्त्रण एवम् निस्तेज पार्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशको राजनीतिक प्रणाली, अर्थतन्त्रको सुरक्षा, नागरिकले प्राप्त गरेका राजनीतिक अधिकार एवम् राष्ट्र र जनताको गरिमाको सुरक्षाका लागि हामीसँग भएका ज्ञान, सिप एवम् क्षमतालाई अभिवृद्धि गर्नुपर्छ ।’

    वर्तमान अवस्थामा विज्ञान र प्रविधि गुणात्मक रुपमा तीव्र विकास भइरहेको चर्चा गर्दै अपराधीहरुले प्रविधिको उच्च प्रयोग गर्दै आपारधिक क्रियाकलाप गर्दै आएको र त्यस्ता आपराधिक गतिविधिलाई निस्तेज गर्न प्रविधिको विकास गर्दै प्रविधि सम्बन्धी ज्ञान तथा सिप लगायतका बिषयहरु तालिममा समेत समावेश गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

    उच्च प्रविधिको ज्ञान सँगसँगै सुरक्षाका जिम्मेवारीलाई वहन गर्न इमान्दरिता र अनुशासन अनिवार्य रहेको समेत उहाँले बताउनुभयो ।  

    कार्यक्रममा गृहसचिव प्रेम कुमार राईले राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरुमा निखार ल्याउनका लागि तालिम संचालन गरिएको बताउँदै आउँदा दिनमा यस्ता तालिमलाई निरन्तर रुपमा संचालन गरिने बताउनुभयो । तालिम पश्चात सूचना संकलन तथा नेतृत्व गर्दा विगतको भन्दा प्रभावकारी रुपमा क्षमता प्रदर्शन हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast