गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन, माइतीघर मण्डलामा मानव सागर #आहा खबर# परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन #आहा खबर# नेप्से परिसूचक घट्यो, ०.२० अंकले घटेर १ हजार २५८ अङ्कमा #आहा खबर# लोकसेवा विज्ञापनविरुद्धको सुनुवाइ फेरि सर्‍यो, फाइललाई एक साथ पेश गर्न आदेश #आहा खबर# पानीजहाजमा काम लगाइदिने भन्दै ६ करोड ठगी गर्ने पक्राउ #आहा खबर# बिहान धेरै सुत्दा दिमाग दुई गुणा बढी चल्ने ! स्वास्थ्यमा अनेकौं फाइदा #आहा खबर# मार्सी धानमा झारनाशक औषधि ‘ब्युटाक्लोर’ प्रयोग नगर्न कृषि विज्ञले सुझाव #आहा खबर# सन् २०१८ सम्ममा ७ करोड मानिस विस्थापित, यस्तो छ राष्ट्रसंघको तथ्यांक #आहा खबर# सधैँ भीड लाग्ने भक्तपुर अस्पतालका आकस्मिक बाहेक सबै सेवा ठप्प #आहा खबर# ओली–दाहालबीच छलफल, पार्टी एकता प्रक्रियालाई गती दिन दबाब #आहा खबर# हयातका आन्दोलनरत मजदूर काममा फर्किए, होटल भने सञ्चालन हुन बाँकि #आहा खबर# भारतका प्रधानमन्त्री मोदीले दिए राहुललाई जन्मदिनको शुभकामना, कति बर्ष पुगे ? #आहा खबर# गुठी विधेयकको विरोधमा प्रदर्शन : ट्राफिक अस्तव्यस्त, यी ७ स्थानमा गाडीहरु डाइभर्ट #आहा खबर# नगद लुट्न माइक्रो फाइनान्समा कार्यरत युवतीको हत्या, अभियुक्तको खोजी शुरु #आहा खबर# ३३ करोडको लागतमा बन्ने भयो जाजरकोटमा आधुनिक अस्पताल #आहा खबर#
    स्वास्थ्य

    गाउँमा सरुवा रोगको प्रकोप : चिकित्सक र औषधि अभाव

    सोमबार, ६ जेष्ठ २०७६, –काशीराम शर्मा.
    बाँके, ६ जेठ
     
    बाँकेका अति दुर्गम मानिएका केही गाउँमा अहिले झाडापखाला र कमलपित्त (जण्डिस) लगायत सरुवा रोगको प्रकोप फैलिएको छ । खयरभट्टी, चुनभट्टी, महेशपुरलगायत केही गाउँमा अहिले झाडापखाला र कमलपित्त रोगको प्रकोप देखिएको हो । केही सातादेखि विभिन्न रोगको प्रकोप फैलिएपछि यहाँका आधा दर्जन गाउँका मानिस प्रभावित भएका छन् । 
     
    झाडापखाला, कमलपित्तलगायत रोग लागेका बिरामीको सङ्ख्या धेरै भएको स्थानीयवासीले बताउनुभयो । महेशपुरकी मिना बुढाले गाउँमा फैलिएका विभिन्न रोगका कारण स्थानीयवासी आक्रान्त बनेको बताउनुभयो । “गाउँमा रहेको एउटा स्वास्थ्य चौकीमा पनि स्वास्थ्यकर्मी नआएको महिनाँै भइसक्यो”, उहाँले भन्नुभयो, “स्वास्थ्य चौकीमा सिटामोल दिनका लागि कार्यालय सहयोगीसमेत छैनन् ।” उहाँका १० वर्षका छोरालाई पनि कमलपित्तले भेटाइसकेको छ । 
     
    “छोरालाई कमलपित्त रोग लागेको एक महीना भइसक्यो, भारतका अस्पताल र नेपालगञ्जसम्म पु¥याउँदा पनि ठीक भएको छैन”, स्थानीय बुढाले भनिन्, “अब त छोराको उपचार गर्ने पैसा पनि छैन ।” यहाँका प्रायः सबै घरमा कुनै न कुनै रोग लागेका व्यक्ति रहेको स्थानीय बासिन्दा बताउँछन् । 
     
    बुढाका अनुसार कमलपित्त रोगबाट थलिएकी ३० वर्षीया कविता रोकाको अवस्था गम्भीर छ । भारतीय सीमा नजिकका अस्पतालमा उपचार गराएकी उहाँको अवस्था ठीक हुनुको साटो झन बिग्रँदै जान थालेको छ । स्थानीयका अनुसार कमजोर आर्थिक अवस्थाका कारण कविताको थप उपचार गर्ने अवस्था छैन । 
     
    राज्यको नजरमा पर्न नसकेका यहाँका आधा दर्जनभन्दा बढी गाउँका मानिस आफ्नो गाउँ आउनका लागि भारतीय बाटो प्रयोग गर्न बाध्य छन् । दैनिक उपभोग्य सामग्रीदेखि स्वास्थ्य उपचारसम्म भारतमा नै निर्भर रहनुपरेको स्थानीय अम्मर घर्तीले बताउनुभयो । उहाँले झाडापखाला, कमलपित्त, शरीर चिलाउने लगायतका रोग एकैपटक देखापरेको बताउनुभयो ।
     
    “गाउँमा अनेका खालका रोग एकैपटक देखिएका छन्”, घर्तीले भन्नुभयो, “गाउँमा नाम मात्रैको स्वास्थ्य चौकी छ, कर्मचारी कहिल्यै बस्दैनन् ।” आर्थिक अवस्थाका कारण रोग लागे पनि उपचार गर्न भारतीय बजार जान नसकेको उहाँले बताउनुभयो । राप्तीसोनारी गाउँपालिका–४ मा पर्ने यी गाउँमा सरकारी विद्यालयबाहेक अन्य कुनै सरकारी निकायको उपस्थिति छैन । 
     
    एउटा स्वास्थ्य चौकी रहे पनि त्यहाँ दरबन्दीमा रहेका स्वास्थ्यकर्मी महीनौँ आउँदैनन् । सडक सञ्चारलगायतका सुविधा नपुगेको यो गाउँमा पुग्न भारतीय गाउँसम्म सवारी साधनमा र त्यसपछि दुई घण्टा पैदल हिँडेर मात्र पुग्न सकिन्छ । बिरामीलाई अस्पतालसम्म पु¥याउनसमेत सास्ती छ । शुक्रबार गाउँमा पुगेकी सोही क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमूना’लाई स्थानीयवासीले स्वास्थ्यकर्मी र औषधि पठाइदिन आग्रह गर्नुभयो । उनीहरुले सरकारको नजरमा आफूहरु पुग्न नसकेको भन्दै सांसद केसीसमक्ष समस्या समाधान गर्न आग्रह गर्नुभयो । 
     
    प्रदेशसभा सदस्य केसीले अति दुर्गम गाउँमा विभिन्न रोग देखापरेको बताउँदै त्यसको नियन्त्रणका लागि आवश्यक पहल गरिएको जानकारी दिनुभयो । केही दिनमा नै स्वास्थ्यकर्मी र औषधिसहित आफू त्यस गाउँमा जाने सांसद नमूनाको भनाइ छ ।  
     
    “गाडी पनि नजाने र भारतीय क्षेत्र हँुदै त्यहाँ पुग्नुपर्ने भएकाले अलिकति समस्या देखिएको छ”, उहाँले भन्नुभयो, “ती गाउँमा विभिन्न रोगबाट स्थानीयवासी आक्रान्त हुनुभएको छ । स्वास्थ्य उपचारका लागि विशेषज्ञ डाक्टरसहितको टोली लैजान छलफल चलाइराखेको छु । केही दिनमा नै स्वास्थ्यकर्मी र औषधिसहित हामीहरु त्यहाँ जान्छौँ ।” 
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast