सलमानको ‘भारत’ दुई सय करोड क्लबमा सामेल ! यस्तो छ ग्रस कलेक्सन #आहा खबर# प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश नं २ द्वारा कर्णाली प्रदेश ९ विकेट पराजित #आहा खबर# मोदीले मन पराए नेपालको चुनावी 'मोडल', केन्द्र र प्रदेशको चुनाव एकैपटक गर्न प्रस्ताव ! #आहा खबर# गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन, माइतीघर मण्डलामा मानव सागर #आहा खबर# परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन #आहा खबर# नेप्से परिसूचक घट्यो, ०.२० अंकले घटेर १ हजार २५८ अङ्कमा #आहा खबर# लोकसेवा विज्ञापनविरुद्धको सुनुवाइ फेरि सर्‍यो, फाइललाई एक साथ पेश गर्न आदेश #आहा खबर# पानीजहाजमा काम लगाइदिने भन्दै ६ करोड ठगी गर्ने पक्राउ #आहा खबर# बिहान धेरै सुत्दा दिमाग दुई गुणा बढी चल्ने ! स्वास्थ्यमा अनेकौं फाइदा #आहा खबर# मार्सी धानमा झारनाशक औषधि ‘ब्युटाक्लोर’ प्रयोग नगर्न कृषि विज्ञले सुझाव #आहा खबर# सन् २०१८ सम्ममा ७ करोड मानिस विस्थापित, यस्तो छ राष्ट्रसंघको तथ्यांक #आहा खबर# सधैँ भीड लाग्ने भक्तपुर अस्पतालका आकस्मिक बाहेक सबै सेवा ठप्प #आहा खबर# ओली–दाहालबीच छलफल, पार्टी एकता प्रक्रियालाई गती दिन दबाब #आहा खबर# हयातका आन्दोलनरत मजदूर काममा फर्किए, होटल भने सञ्चालन हुन बाँकि #आहा खबर# भारतका प्रधानमन्त्री मोदीले दिए राहुललाई जन्मदिनको शुभकामना, कति बर्ष पुगे ? #आहा खबर#
    विज्ञान/प्रविधि

    नेपालको पहिलो भूउपग्रह असार २ मा अन्तरिक्षमा छोडिने, दैनिक १६ पटक पृथ्वी परिक्रमा

    सोमबार, ६ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, ६ जेठ ।

    नेपालको पहिलो नानो स्याटलाइट ‘नेपाली स्याट वान’ असार २ मा अन्तरिक्षमा छोडिने भएको छ । अन्तरिक्षमा छोडेसँगै सो नानो भूउपग्रहले पृथ्वीको चक्कर काट्न थाल्नेछ ।

    नेपाल स्याट वान भूउपग्रह पृथ्वीका सतहभन्दा चार सय किलोमिटरमाथि अन्तरिक्षमा रहनेछ । प्रत्येक ९० मिनेटमा पृथ्वीका एक चक्कर चलाउने यसले दैनिक १६ पटक पृथ्वी परिक्रमा गर्नेछ । त्योमध्ये दैनिक चार पटक नेपालको आकाशमा आइपुग्नेछ ।

    १० सेन्टिमिटर लामो, १० सेन्टिमिटर चौडा र १० सेन्टिमिटर अग्लो भूउपग्रह मानिसका हातमा अटाउन सक्छ, यो १ किलो ३३० ग्रामको छ ।

    एन्टारेस रकेटले नेपालसँगै श्रीलंकाको ‘रावण वान’ र जापानको युगुइसीमा नामक नानो भूउपग्रहहरुलाई ७२ घण्टा लगाएर २०७६ वैशाख ८ गते केन्द्रमा पुर्‍याएको थियो । त्यसयता नेपाल स्याट वानलाई आइएसएसमै राखिएको छ ।

    नेपालको पहिलो भूउपग्रह अन्तरिक्षमा छोडिने दिन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले सार्वजनिक कार्यक्रम गर्ने तयारी गरेको छ।

    जापान सरकारको बर्ड्स कार्यक्रम अन्तर्गत नानो भूउपग्रहहरु निर्माण भएका हुन् । ती उपग्रहहरु व्यवसायिक होइनन् । अध्ययन प्रयोजनका हुन् । नास्ट स्रोतकाअनुसार अन्तरिक्षमा नानो भूउपग्रह छोड्ने दिन नेपाल र जापान दुवै देशमा कार्यक्रम आयोजना हुनेछन् ।

    जापानस्थित क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी(क्युटेक)मा भूउपग्रह प्रविधिमा विद्यावारिधि गरिरहेका आभाष मास्केले क्युटेकको बर्ड्स परियोजना अन्तर्गत छात्रवृत्तिमा नानो भूउपग्रह निर्माण गरेका हुन् । उनको अध्ययनलाई नेपाल सरकारले आर्थिक सहयोग गरी अन्तरिक्षमा पुर्‍याएको हो ।

    जापानले आफ्नो छुट्टै अन्तरिक्ष अनुसन्धान कार्यक्रम नभएका देशहरुलाई सहयोग गर्न ज्वाइन्ट ग्लोबल मल्टिनेसनल बर्डस् स्याटलाइट परियोजना सञ्चालन गर्दै आएको छ ।

    अमेरिकी कार्गो रकेटले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) मा पुर्‍याएको यो पहिलो नानो स्याटलाइट ‘नेपाली स्याट वान’ हो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast