मंगलवार, भाद्र ३१, २०७६
    बैंक-बीमा

    एटीएममा नेपाली भाषा अनिवार्य नराखे कारबाहीः राष्ट्र बैंक

    सोमबार, ६ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, ६ जेठ । 
    नेपाल राष्ट्र बैंकले अटोमेटिक ट्रेलर मेसिन (एटीएम)मा अनिवार्य नेपाली भाषा प्रयोग गर्न सकिने सुविधा राख्न फेरि निर्देशन दिएको छ । राष्ट्र बैंकले सूचना जारी गरेर एक महिनाभित्र सबै एटीएममा नेपाली भाषा प्रयोग गरेर कारोबार गर्न सकिने व्यवस्था गर्न निर्देशन दिएको छ । 

    राष्ट्र बैंकले भनेको छ, ‘अहिले बैंक तथा वित्तीय संस्थाहरूबाट सञ्चालित केही एटीएममा नेपाली भाषाको प्रयोग गरी कारोबार गर्न सकिने सुविधा नरहेकोसम्बन्धी जनगुनासा प्राप्त भएकोले यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र त्यस्ता एटीएमहरुमा अनिवार्य रुपमा नेपाली भाषा प्रयोग गरी कारोबार गर्न सकिने व्यवस्था मिलाई यस बैंकलाई लिखित जानकारी गराउन यो सूचना प्रकाशित गरिएको छ । उक्त अवधिभित्र एटीएममा नेपाली भाषाको प्रयोग गरी कारोबार गर्न सकिने व्यवस्था मिलाएको नपाइएमा भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा ३७ उपदफा (२) बमोजिम कारवाही हुनेव्यहोरा समेत सूचित गरिन्छ ।’

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast