मंगलवार, भाद्र ३१, २०७६
    खेल संसार

    लिगको अन्तिम खेलमा बराबरीमा रोकियो बार्सिलोना, मेस्सीलाई पीचीची अवार्ड

    सोमबार, ६ जेष्ठ २०७६, आहाखबर

    एजेन्सी, ६ जेठ ।

    स्पेनिस ला लिगा फुटबल च्याम्पियन बार्सिलोनाले यो सिजनको अन्तिम खेलमा एइबरसँग २-२ गोलको बराबरी गरेको छ ।

    आइतबार राति भएको लिगको अन्तिम खेलमा बार्सिलोनाका लागि स्टार स्ट्राइकर लियोनल मेस्सीले २ गोल गरेका थिए ।

    ती दुबै गोलहरू दुबै टोलीले खेलको पहिलो हाफमा गरेका थिए ।

    हिजोको खेलमा पहिलो अग्रता एइबरले खेलको २० औँ मिनेटमा मार्क कुकुरियलको गोलबाट लिएको थियो ।

    त्यसपछि बार्सिलोनाका लागि मेस्सीले खेलको ३१ औं मिनेटमा बराबरी गोल गरे । उनले दोश्रो गोल ३२ औं मिनेटमा फेरी गरे र बार्सिलोनालाई २-१ को अग्रता दिलाए। बार्सिलोनाको सो अग्रतालाई  ४५ औँ मिनेटमा पाब्लो डी ब्लासिसले एइबरका लागि गोल गर्दै पुनः बराबरी गरे ।

     

    मेस्सीलाई पीचीची अवार्ड

    स्पेनिस ला लिगा फुटबल च्याम्पियन बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पीचीची अवार्ड जितेका छन् ।

    आइतबार राति लिगको अन्तिम खेलमा दुई गोल गरेका मेस्सी सर्वाधिक गोलकर्ता बने । उनले यो सिजन मात्रै लिगमा ३६ गोल गर्न पुगे । अन्य लिगमा समेत गरेर मेस्सीले यो सिजन मात्रै क्लबकाल लागि ५०औं गोल गरेका छन् ।

    सर्वाधिक गोलकर्ता बनेर छैटौ पटक पीचीची अवार्ड हात पारेका मस्सीले आफ्नै क्लबका लुइस स्वारेज र रियल मडि्रडका स्ट्राइकर करिम बेन्जिमालाई पछि पारेका छन् । मेस्सीले ३६ गोल गर्दा १३ एसिष्ट गरेका छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast