कार्यकर्तालाई कम्तीमा दुई रुख अनिवार्य रोप्न नेकपाको निर्देशन #आहा खबर# ‘शान्ति कायम गर्न प्रहरी, विद्यालय र समाज सँगसँगै’ #आहा खबर# 'विश्वकै गरिब' राष्ट्रपति ! राष्ट्रपति भवनमा बस्न इन्कार, साधारण जीवनशैली #आहा खबर# एनसेललाई प्राधिकरणले भन्यो - डेटा सेवा महशुल दर घटाऊ #आहा खबर# तत्कालीन पर्यटनमन्त्री अधिकारी सवार होलिकप्टर दुर्घटनाको कारण मौसम खराबी #आहा खबर# बढैयाताल गाउँपालिका माछा उत्पादनको पकेट क्षेत्रका रुपमा चिनिँदै #आहा खबर# खेत रोप्न धानको ‘ब्याड’ तयार भए पनि मल अभाव #आहा खबर# उपराष्ट्रपतिको कार्यालय लैनचौरस्थित ‘ग्रीन हाउस’मा स्थानान्तरण #आहा खबर# नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी भारतको चेन्नईयिन एफसीसँग पराजित #आहा खबर# रक्तसञ्चार केन्द्र बर्दिवासको नयाँ भवन सञ्चालन #आहा खबर# महिलालाई बिर्के टोपी बनाउने तालीम #आहा खबर# भारतीय फिल्म उद्योगको 'बादशाह' भनिएका शाहरुख खान 'फ्लप माथि फ्लप' दिँदै ! #आहा खबर# चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा, यस्तो छ कारण #आहा खबर# मुटु स्वस्थ राख्न खानुहोस् यस्ता खानेकुरा #आहा खबर# ‘हरेक राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता बढ्नुपर्छ’ #आहा खबर#
    कला-सौन्दर्य

    बुलबुलेमा ढकमक्क ‘सूर्यमुखी’ को आर्कषण, कोही तस्वीर नलिइ फर्कनै मान्दैनन्

    सोमबार, ६ जेष्ठ २०७६, आहाखबर

    वीरेन्द्रनगर, ६ जेठ । 

    बुलबुले ताल नजिक ढकमक्क बारीमा फुलेको पहेँलो फूल वरिपरि हरियाली छ । छेउमै तालमा डुङ्गा सयर गरिरहेको । त्यहाँ पुग्ने जो कोहीको तस्वीर नलिइकन फर्कन मान्दैनन् । बुलबुले ताल हेर्न जानेको तस्वीर खिचाउनको लागि भीडभाड देखिन्छ आजभोलि । 

    तस्वीर खिच्नेको लाइनमा कोही आफ्नो सेल्फी खिच्दै, कोही अरु साथीहरुको तस्वीर खिचिदिँदै । कोही पहेँलै फुलेका फूलको दृश्य अवलोकन गर्दै ।  

    टिकटक’मा यो बारीको दृश्य धेरै नै प्रयोग हुँदै आएको छ । दिनमा १५० भन्दा धेरै यहाँ आउनुहुन्छ, शनिबार त ३०० जति पुग्छ ।

    यो दृश्य हो सुर्खेतको बुलबुले उद्यान नजिक रहेको सूर्यमुखी खेती गरिएको एक बारीको । चारजना युवा मिलेर व्यावसायिक रुपमा सूर्यमुखीको खेती गरेको यो बारी अहिले आन्तरिक र बाह्य पर्यटकको लागि आकर्षण बन्ने गरेको छ । 

    पछिल्लो समय सामाजिक सञ्जालसँगै मनोरञ्जनात्मक भिडियो बनाइने ‘टिकटक’मा यो बारीको दृश्य धेरै नै प्रयोग हुँदै आएको छ । “दिनमा १५० भन्दा धेरै यहाँ आउनुहुन्छ, शनिबार त ३०० जति पुग्छ ।” उक्त सूर्यमुखी खेती गरेकामध्ये कपिल अधिकारीले भन्नुहुन्छ, “हाम्रो बुलबुले नजिकै भएकाले त्यहाँ आउने यहाँ अनिवार्य आउनुहुन्छ ।” 

    स्थानीय कपिल अधिकारी, लक्ष्मी अधिकारी, धनिराम अधिकारी र सज्ज ढकाल मिलेर छ कट्ठा जमीनमा व्यावसायिक रुपमा सूर्यमुखीको खेती गरेका छन् । 

    वार्षिक रु एक लाख ४० हजार भाडामा जग्गा लिएर गरिएको फूल खेतीमा रु दुई लाखभन्दा धेरै लगानी लागेको सज्जन ढकालले बताउनुभयो । सूर्यमुखीको बारीमा फोटो खिचाउन आउने मानिसले प्रतिव्यक्ति रु १० तिर्नुपर्छ । 

    वार्षिक रु एक लाख ४० हजार भाडामा जग्गा लिएर गरिएको फूल खेतीमा रु दुई लाखभन्दा धेरै लगानी लागेको सज्जन ढकालले बताउनुभयो । सूर्यमुखीको बारीमा फोटो खिचाउन आउने मानिसले प्रतिव्यक्ति रु १० तिर्नुपर्छ । 

    यसरी दैनिक १५० मात्र आए पनि न्यूनतम रु एक हजार ५०० आम्दानी हुन्छ । “मानिस टिकटको भिडियो बनाउनेदेखि फोटो खिच्नेसम्म यो बारीभित्र पस्ने गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “त्यसबेला धेरै बोट भाँचिन्छन् । हामीले घाटा व्यहोर्नुपर्छ । यसकारण प्रतिव्यक्ति रु १० लिने गरेका हौँ ।”

    यो पहिलो अनुभव भएकाले अहिलेको खेती सिकाइका रुपमा मात्र आफूहरुले लिएको उहाँको भनाइ छ । अहिलेको अवस्थालाई मध्यनजर गर्दै आगामी दिनमा सूर्यमुखीको खेतीमा वृद्धि गर्ने योजना रहेको ढकालको भनाई छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast