सलमानको ‘भारत’ दुई सय करोड क्लबमा सामेल ! यस्तो छ ग्रस कलेक्सन #आहा खबर# प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश नं २ द्वारा कर्णाली प्रदेश ९ विकेट पराजित #आहा खबर# मोदीले मन पराए नेपालको चुनावी 'मोडल', केन्द्र र प्रदेशको चुनाव एकैपटक गर्न प्रस्ताव ! #आहा खबर# गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन, माइतीघर मण्डलामा मानव सागर #आहा खबर# परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन #आहा खबर# नेप्से परिसूचक घट्यो, ०.२० अंकले घटेर १ हजार २५८ अङ्कमा #आहा खबर# लोकसेवा विज्ञापनविरुद्धको सुनुवाइ फेरि सर्‍यो, फाइललाई एक साथ पेश गर्न आदेश #आहा खबर# पानीजहाजमा काम लगाइदिने भन्दै ६ करोड ठगी गर्ने पक्राउ #आहा खबर# बिहान धेरै सुत्दा दिमाग दुई गुणा बढी चल्ने ! स्वास्थ्यमा अनेकौं फाइदा #आहा खबर# मार्सी धानमा झारनाशक औषधि ‘ब्युटाक्लोर’ प्रयोग नगर्न कृषि विज्ञले सुझाव #आहा खबर# सन् २०१८ सम्ममा ७ करोड मानिस विस्थापित, यस्तो छ राष्ट्रसंघको तथ्यांक #आहा खबर# सधैँ भीड लाग्ने भक्तपुर अस्पतालका आकस्मिक बाहेक सबै सेवा ठप्प #आहा खबर# ओली–दाहालबीच छलफल, पार्टी एकता प्रक्रियालाई गती दिन दबाब #आहा खबर# हयातका आन्दोलनरत मजदूर काममा फर्किए, होटल भने सञ्चालन हुन बाँकि #आहा खबर# भारतका प्रधानमन्त्री मोदीले दिए राहुललाई जन्मदिनको शुभकामना, कति बर्ष पुगे ? #आहा खबर#
    लाइफस्टाइल

    सौन्दर्यताका लागि केशको स्याहार–सुसार, यसरी बनाउनुहोस् चम्किलो र मुलायम

    सोमबार, ६ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, ६ जेठ

    मानिसको व्यक्तित्वमा निखार ल्याउन केशको महत्वपूर्ण भूमिका हुन्छ । महिला हुन् वा पुरुष दुवैको व्यक्तित्व विकासमा केशले विशेष सहयोग पुर्‍याउँछ । सुख्खा, कान्तिहीन एवं रुखो केशका कारण सौन्दर्यमा ठूलो धक्का पुग्छ भने मुलायम, चम्किलो एवं लहलहाउँदो केशले सौन्दर्य वृद्धिमा मद्दत गर्छ । 

    सौन्दर्यका लागि अनुहार, हातखुट्टा आदि अंगजस्तै केशको स्याहार–सुसारमा पनि ध्यान पुर्‍याउनुपर्छ । विशेष गरेर केशको ख्याल राखियो भने यसले अझ बढी सुन्दर बन्न सहयोग गर्छ ।

    केशको सुन्दरताले व्यक्तित्वमा समेत सकारात्मक भाव सिर्जना गर्न सक्छ । केशले सामान्य मानिसलाई पनि आकर्षक देखाउँछ । सौन्दर्यमा अहम् भूमिका खेल्ने केशलाई झट्ट हेर्दा चम्किलो तथा मुलायम बनाउनुका साथै केश झर्नबाट रोक्न उचित स्याहार आवश्यक छ । जसरी एउटा बिरुवा सपार्न मलजलको व्यवस्था गर्नुपर्छ त्यस्तै प्रकारले केशको स्याहारका लागि हेयर ट्रिटमेन्टको ठूलो भूमिका हुन्छ । 

     

    सुन्दर केशका लागि 

    १५–१५ दिनमा केश ट्रिटमेन्ट गराउनुका साथै स्टिम लिने । 

    केश नुहाउनुअघि तेलले मसाज गर्ने । 

    महिना–महिनामा मेहन्दी लगाउने । 

    गुणस्तरीय स्याम्पु एवं कन्डिसनर प्रयोग गर्ने । 

     

    यसरी गरौं केशको स्याहार 

    केश राम्रो हुन्छ । 

    केश झर्नबाट रोकिन्छ । 

    केश चम्किलो, नरम तथा सिल्की देखिन्छ । 

    केशको चायाँ हटाउन सकिन्छ । 

    जर्रो केशलाई नरम बनाउन सकिन्छ । 

    छोटो केशलाई लामो बनाउन मद्दत मिल्छ । 

    मेहन्दीद्वारा सेतो केशलाई रातो बनाउन सकिन्छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast