आईतवार, असोज ५, २०७६
    मुभी-थिएटर

    जात्रै-जात्रा भर्सेस् बीरविक्रम–२ : अष्टनारायण सिनेमा हल पुग्दा जे देखियो

    सोमबार, ६ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, ६ जेठ

    नेपाली क्यालेन्डरमा अहिले कुनै पनि मुख्य चाडपर्व छैन । तापनि दुईवटा प्रभावशाली नेपाली चलचित्र आपसमा जुध्दै छन् । 

    वर्षकै प्रतिक्षित चलचित्र ‘जात्रैजात्रा’ र ‘वीरविक्रम–२’ शुक्रबारबाट अल नेपाल प्रदर्शनमा आएका छन् । 

    विपिन कार्की, वर्षा राउत, रवीन्द्र झा, रवीन्द्रसिंह बानियाँ, राजाराम पौडेललगायतका कलाकारको भूमिका रहेको ‘जात्रैजात्रा’ चलचित्रले पैसा र सुनको कथा उठाएको छ। यो फिल्म अघिल्लो सफल चलचित्र जात्राको सिक्वेल हो।

    मित्रता र प्रेमको कथा भन्ने ‘वीरविक्रम–२’ चलचित्रमा वर्षा सिवाकोटी, पल शाह, नाजिर हुसेन र बुद्धि तामाङका अलावा देशभक्त खनाल, मनोज केसी, विनिशा भण्डारी, क्षितिज सुवेदी, बालकलाकार मनीष लिम्बू, कृजन गौतमलगायतका कलाकारको अभिनय छ।

    यि दुई चलचित्रको बारेमा बुझ्न आहाखबर अष्टनारायण सिनेमा हलमा पुगेको थियो । अहिले उक्त हलमा चलिरहेका नेपाली चलचित्रहरुमा जात्रैजात्रा, वीर विक्रम २, र दाल भात तरकारी छन् । हलले दिएको जानकारी अनुसार जात्रैजात्रा सबैभन्दा उत्कृष्ट र बढीमात्रामा  चलेको छ । वीर विक्रम २ पनि प्रेमसंग सम्बन्धित भएकाले धेरैले रुचाएको हल सँचालक बताउछन् । करिब १५ दिन अगाडी प्रदर्शनमा आएको दाल भात तरकारी एक हास्यमनोरन्जनमा आधारित भएकाले अझै चलिरहेको छ । यस फिल्ममा देशप्रतिको माया दर्शाएको भएतापनि हाल भने कम चलिरहेको छ हल सँचालक बताउँछन् । 

    ‘जात्रैजात्रा’ले सबैजसो मल्टिप्लेक्समा उच्च सो पाएको थियो । जय नेपालमा चार, सिभिलमा चार, कुमारीमा चार र छाया सेन्टरमा यो चलचित्रले तीन सो पाएको थियो । यस्तै ललितपुरमा रहेको लबिम मलमा चलचित्रले चार सो पाएको थियो । यसअर्थमा हलवालाहरुले पनि ‘वीरविक्रम–२’ भन्दा पनि ‘जात्रैजात्रा’ लाई महत्व दिएको देखिन्छ । 

    हल संचालकको भनाईलाई सापटि लिने हो भने सिनेमा जात्रै जात्राले देशैभर नै आक्रामक कारोबार गरिरहेको छ ।सिंगलको तुलनामा मल्टिप्लेक्समा सिनेमाको कारोबार अक्रामक छ । सिनेमाले दुई दिनमै झण्डै २ करोडको कारोबार गरिसकेको छ । सिनेमाको माउथ पब्लिसिटी र समीक्षालाई हेर्ने हो भने कारोबारमा रेकर्ड राख्ने देखिन्छ ।

    सिनेमाको व्यापार मात्र आक्रामक होइन, दर्शकले समेत सिनेमालाई निकै नै राम्रो भएको प्रतिक्रिया दिएका छन् । सिनेमा हेरिसकेका  अधिकांश दर्शकले सिनेमा उत्कृष्ट बनेको भन्दै ५ मा ४.५ रेटिङ दिएका छन् । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast