सोमबार, कार्तिक ४, २०७६
    सार्क

    नतिजा आउन बाँकी !

    भारत लोकसभा चुनाव : एग्जिट पोल अनुशार भाजपा बहुमततर्फ, कँग्रेसलाई दोब्बर मत

    आईतवार, ५ जेष्ठ २०७६, आहाखबर

    नयाँ दिल्ली, ५ जेष्ठ । 

    भारतमा सातौं तथा अन्तिम चरणको मतदान आइतबार सम्पन्न भएको छ । आइतबारको अन्तिम निर्वाचन अन्र्तगत ५९ सिटका लागि ८ राज्यका ९ सय १८ उम्मेदवार प्रतिश्पर्धामा थिए ।

    यसैबीच विश्वको सबैभन्दा ठूलो मानिएको निर्वाचन सकिएसँगै त्यसको अन्तिम नजिताबारे बिभिन्न अड्कलबाजी सुरु भएको । 

    श्रोत : भारतीय मिडियाहरु

    लोकसभाको कुल ५ सय ४२ सिटको विषयलाई लिएर भारतमा बिभिन्न  एग्जिट पोल आउन सुरु भएको छ । अहिलेसम्म आएका ४ एग्जिट पोलले सत्तारुढ एनडीए को स्पष्ट बहुमत मिल्ने अनुमान गरिएको छ । 

     

    काँग्रेस नेतृत्वका् यूपीएलाई दोब्बर मत

    काँग्रेस नेतृत्वका् यूपीएलाई पछिल्लो पटक अर्थात् सन् २०१४ को तुलनामा दोब्बर सिट मिल्न सक्ने आँकलन गरिएको । पछिल्लो पटक एनडीए को ३३६, यूपीएले ६० र अन्य को १ सय ४७ सिट प्राप्त गरेको थियो । 

    श्रोत : भारतीय मिडियाहरु

    पछिल्लोपटक आइतबारको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदी, शत्रुघ्न सिन्हा, केन्द्रीय मन्त्री रविशंकर प्रसाद, अनुराग ठाकुर, भोजपुरी अभिनेता रविकिशन, सनी देओल, सुखबीर बादल, हरसिमरत कौर, शिबू सोरेन, पवन कुमार बंसल लगायतका उम्मेदवार मैदानमा थिए । 

    अन्तिम चरणमा   बिहारको ८ झारखंडको ३, मध्यप्रदेश को ८, उत्तरप्रदेश को १३ , पश्चिम बंगालको ९ , हिमाचल प्रदेश को ४, पंजाब को १३ तथा चण्डीगढको १ सिटमा मतदान भएको हो ।

     

    कति भरपर्दा हुन्छन् 'एग्जिट पोल'हरू ?

    यो मतदान गरेर निस्कनेहरूसँग गरिने एक सर्वेक्षण हो। पछिल्ला थुप्रै निर्वाचनमा यस्ता सर्वेक्षणका नतिजा गलत पनि सावित भएका छन् ।

    यसलाई कुनै तरिकाले पनि वास्तविक नतिजा नै भएको प्रमाणित गर्न नसकिने विज्ञहरू बताउँछन् ।

    सबैजसो टेलिभिजन च्यानलहरूले सर्वेक्षण गर्ने विभिन्न संस्थासँग मिलेर एग्जिट पोल सञ्चालन गर्नेगरेका छन् ।

    -एजेन्सीहरुको सहयोगमा 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast