आईतवार, असोज ५, २०७६
    यातायात

    उपत्यकामा मोटरसाइकलको पछाडि बस्नेलाई पनि हेल्मेट अनिवार्य !

    आईतवार, ५ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, ५ जेठ

    काठमाडौँ उपत्यकामा मोटरसाइकलमा पछाडि बस्ने यात्रीहरुका लागि पनि हेल्मेट अनिवार्य लगाउनुपर्ने व्यवस्था ट्राफिक प्रहरीले फेरि गर्ने तयारी गरेको छ ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल तथा स्कुटरको पछाडि सिटमा चढ्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम ल्याउन लागेको छ ।

    पछाडि बस्ने यात्रीहरुले हेल्मेट नलगाएका कारण दुर्घटना बढेको तथ्यांकपछि ट्राफिक प्रहरी कार्यालयले पछाडि बस्ने चालकका पनि हेल्मेटको व्यवस्था गर्न लागेको हो ।

    ट्राफिक प्रहरी कार्यालयले यसका लागि सरकारसँग सिफारिस गरिसकेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    चालक र पछाडि बस्ने दुवैका लागि लागि हेल्मेट पनि उच्च गुणस्तरीय प्रयोग गर्न ट्राफिक प्रहरीले जोड दिएको छ ।

    हेल्मेट पनि साधारण नभई आइएसओ स्ट्याण्डर्डको हुनु  पर्ने छ ।

    ‘नेपाल गुणस्तर तथा नापतौल विभागले हेल्मेटको मापदण्ड तयार पारिसकेको छ । हामी त्यही अनुसार अगाडि बढ्छौ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बसन्त पन्तले जानकारी दिए ।

    विभागले बाहिरी मेटेरियल के को हुने, केसिङ स्टक्चर कस्तो हुने, बाहिरको आवाज शून्य क्षमता कति हुने, लक लोड, भाइजरको क्वालिटी कस्तो हुनपर्ने भन्ने कुरा मापदण्डमा उल्लेख गरेको छ ।

    केही महिना अगाडि महानगरीय ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था विभाग, उपभोक्ता अधिकार मञ्च, उद्योग वाणिज्य सघं र विज्ञहरूको छलफलमा सो मापदण्ड तयार पारिएको थियो ।

    दुवैजानालाई हेल्मेट अनिवार्य गराउदा केही झण्झट नहुने पन्तको तर्क छ ।

    ‘ज्यान भन्दा ठुलो केही हुदैन । हेल्मेट हामी डिक्कीमा राख्न सक्छौ, भुण्ड्याउने कुनै प्रविधि विकास गर्न सक्छौ । दुर्घटनामा मृत्यु हुने मध्य ९६ प्रतिशत मोटरसाइकल र स्कुटर सवार व्यक्ति छन् । दुवै जाना ब्यक्ति ले स्तिरिय हेल्मेट लगाएको खण्डमा मृत्यु हुने सम्भावना कम हुन्छ,’ उनले भने ।

    गत १० महिनामा ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकामा मात्र ३ लाख ८४ हजार २ सय ६ चालकलाई कारबाही गरेको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast