परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन #आहा खबर# नेप्से परिसूचक घट्यो, ०.२० अंकले घटेर १ हजार २५८ अङ्कमा #आहा खबर# लोकसेवा विज्ञापनविरुद्धको सुनुवाइ फेरि सर्‍यो, फाइललाई एक साथ पेश गर्न आदेश #आहा खबर# पानीजहाजमा काम लगाइदिने भन्दै ६ करोड ठगी गर्ने पक्राउ #आहा खबर# बिहान धेरै सुत्दा दिमाग दुई गुणा बढी चल्ने ! स्वास्थ्यमा अनेकौं फाइदा #आहा खबर# मार्सी धानमा झारनाशक औषधि ‘ब्युटाक्लोर’ प्रयोग नगर्न कृषि विज्ञले सुझाव #आहा खबर# सन् २०१८ सम्ममा ७ करोड मानिस विस्थापित, यस्तो छ राष्ट्रसंघको तथ्यांक #आहा खबर# सधैँ भीड लाग्ने भक्तपुर अस्पतालका आकस्मिक बाहेक सबै सेवा ठप्प #आहा खबर# ओली–दाहालबीच छलफल, पार्टी एकता प्रक्रियालाई गती दिन दबाब #आहा खबर# हयातका आन्दोलनरत मजदूर काममा फर्किए, होटल भने सञ्चालन हुन बाँकि #आहा खबर# भारतका प्रधानमन्त्री मोदीले दिए राहुललाई जन्मदिनको शुभकामना, कति बर्ष पुगे ? #आहा खबर# गुठी विधेयकको विरोधमा प्रदर्शन : ट्राफिक अस्तव्यस्त, यी ७ स्थानमा गाडीहरु डाइभर्ट #आहा खबर# नगद लुट्न माइक्रो फाइनान्समा कार्यरत युवतीको हत्या, अभियुक्तको खोजी शुरु #आहा खबर# ३३ करोडको लागतमा बन्ने भयो जाजरकोटमा आधुनिक अस्पताल #आहा खबर# नरैनापुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम आजदेखि शुरु #आहा खबर#
    लेख/संवाद

    बलात्कार र हिंसापछि पनि तड्पिनु पर्छ पीडितलाई

    आईतवार, ५ जेष्ठ २०७६, – किरण पौड्याल.
    इलाम, ५ जेठ
     
    सन्दकपुर गाउँपालिकास्थित माईपोखरीकी १७ वर्षीया युवती एक वर्ष अघि आफ्नै छिमेकी समुन राईबाट बलात्कृत भइन् । बिहान घरबाट हिँडेकी ती युवतीलाई सुमनले जङ्गलमा पुर्‍याएर बलात्कार गरे । 
     
    सुमनले आफूसँग यौन सम्पर्क राख्न आग्रह गरे, युवती नमानेपछि ‘मारिदिने’ धम्की दिए । धम्कीपछि युवतीको इच्छाविरुद्ध नै सुमनले जबर्जस्ती गरे । घर गएर भने ‘बाँच्न दिन्न’ समेत भन्न भ्याए । 
       
    त्यसपछि युवती घर फर्किन् र तत्काल प्रहरी कार्यालयमा फोन गरिन् । अहिले सुमन इलाम कारागारमा कैद जीवन जिइरहेका छन् । तर, कहिलेकाहीँ फोन गरेर युवतीलाई ‘जेलबाट निस्किएको भोलिपल्टै मारिदिन्छु’ भन्ने गरेका छन् । “म त जेल परें परें । म निस्किए भने त पनि बाँच्दिनस् भनेर धम्क्याउँछ, सार्‍है पीर परेको छ,” युवतीले भनिन् – “कति समय जेल बस्छ पनि थाहा छैन । यदि निस्किहाल्यो भने त मार्छ होला ।”
     
    युवती यहीँ विषयलाई लिएर पटक–पटक प्रहरी कार्यालयसमेत धाउने गरेकी छिन् । पीडकको जेल जीवन धेरै समय रहेकाले डराउनु नपर्ने सन्देश पाएपछि घर फर्किएर जान्छिन् । युवती भन्छिन् – “अहिले पनि धम्की आइरहन्छ । के गर्ने भन्ने नै अन्योलमा छौं ।” यहीँ विषयलाई लिएर युवती चिन्तित हुने गरेको युवतीकी आमाले समेत बताइन् । युवतीकी आमाले भनिन् – “त्यो दिन त्यस्तो घटना घट्यो तर, जेल परेपछि समाधान हुन्छ भन्ने सोचेकी थिएँ । आपत् हटेको छैन ।” 
     
    यस्तै, सन्दकपुर गाउँपालिकाकै सुलुबुङकी एक बालिकालाई  ५० वर्षीय भीमप्रसाद पाठकले दुर्व्यवहार गरे । बेलुकाको समयमा बालिका विद्यालयबाट फर्किएपछि घर बाहिर पेटीमा बसिरहेका बेला ‘मलाई चिन्छेस् छोरी, म ठूलो बुवा हुँ’ भन्दै बालिकाको संवेदनशील अङ्गमा समाएको बालिकाकी आमाले बताइन् । 
     
    “म घरभित्र थिएँ, उनी (भीमप्रसाद पाठक) घरमा आए र बाख्रा छ भने र बाख्रा पछि लैजाउँला भन्दै बाहिरिए,” १२ वर्षीया बालिकाकी आमाले भनिन् – “म त घरभित्र थिएँ । बाहिर छोरी आत्तिदै कराएको सुनें । बाहिर निस्केर हेर्दा त छोरीको गर्धन र छातीमा समाइराखेको देखें ।”
     
    बालिकाकी आमाले तत्काल प्रहरीलाई फोन गरिन् । अहिले पाठक ५० हजार रुपैयाँ धरौटीमा तारेखमा रिहा भएका छन् । तर, यता पीडित बालिकालाई भने घरबाट टाढा पुर्‍याइएको छ ।  पाठकको दुर्व्यवहारपछि समाजले हेर्ने दृष्टि नै फरक भएपछि बालिकालाई घरमा नराखिएको हो ।
     
    “स्कूल जान समेत मान्दिनन्, सबैले हेरे जस्तो लाग्छ, कुरा गरेजस्तो लाग्छ भन्छे । त्यही भएर घरमा नराखेको,” बालिकाकी आमाले भनिन् – “पीडकका बारेमा त केही थाहा छैन । रिहा भएको खबर आएको छ तर, हामीलाई बोलाएको छैन ।” 
     
    यी युवती र बालिका मात्र होइन । अहिले पनि समाजमा पीडित महिलालाई हेर्ने दृष्टिकोण फरक छ । घटना घटेपछि पनि पीडित बारम्बार तड्पिने गरेका छन् । पीडक र समाजकै डरले कतिपय महिला घर छाड्न बाध्य छन् भने कतिपय ‘डिप्रेसन’बाट ग्रस्त हुने गरेका छन् । घटना एकचोटि घटे पनि कतिपय घटनाले बालमनोविज्ञानमा सधैं असर गर्ने गरेको मानव अधिकार मञ्च नेपाल इलामका मनोसामाजिक विमर्शकर्ता रुद्र थेवेले बताउनुभयो ।
     
    “कतिपय बालबालिकाले त यहीँ कारण भविष्यमा दिमागी सन्तुलन समेत गुमाउन सक्छन्,” थेवेले भन्नुभयो – “बालबालिकामा यस्तो समस्याले गर्दा सामान्य जीवन जीउन समेत समस्या हुन सक्छ । विद्यालयमा वा घरमै पनि यस्ता कुरा आए भने आफूलाई भने जस्तो अनुभव गर्न पुग्छन् र उनीहरू बढी सोचमग्न हुन थाल्छन् ।”
     
    मनोविमर्शकर्ता थेवेका अनुसार पीडितलाई मात्र नभई पीडितको परिवारलाई समेत यस्ता घटनाले असर गर्ने गरेको छ । “इलाममै पनि यस्तै घटनाका कारण एक जनालाई डिप्रेसन भएको छ, बालिकालाई दुर्व्यवहार भएको खबर आयो, आफन्तबाट बढी दबाब आएपछि बालिकाका बाबु अहिले डिप्रेशनमा छन्,” थेवेले भन्नुभयो । 
     
    थेवेका अनुसार जिल्लामा आत्महत्याका घटना बढ्नुका कारण पनि बलात्कार र दुर्व्यवहार हुन सक्छ । “कतिपयले त सुसाइड पनि गर्छन् तर, हामीकहाँ के कारणले सुसाइड गरेको हो भन्ने पत्ता लगाउने कोशिश गरिँदैन,” थेवेले भन्नुभयो । यस्ता घटना हुनै नदिन पीडकलाई कारबाहीको दायरा ल्याउनुपर्ने उहाँ ठान्नुहुन्छ । 
     
    कतिपय पीडकले आफू सजाय भोगिरहेको समयमा पनि पटकपटक पीडितलाई धम्क्याइरहेका हुन्छन् । उनीहरूले पीडितलाई धम्क्याउनाका कारण भने आफ्नो कमजोरी समाजले जान्नु हो । भोलिका दिनमा पनि समाजमा जिउन सक्ने सम्भावना नहुने ब्झुेपनि पीडकले समस्यामा पार्ने गरेका छन् । यसका लागि भने सरोकारवाला निकाय र पीडित पक्ष दुवै सतर्क हुनुपर्ने कानूनविद्हरूको भनाइ छ । 
     
    कैदीको नियत नबलिएसम्म विभिन्न अवसरमा कैद छूट नहुने तर, कैद भुक्तान गरिरहेका बेला अन्य अभियोग दर्ता गर्न नमिल्ने कानूनी प्रावधान छ । “पीडकले यसरी धम्क्याए पनि उसलाई अन्य अभियोगमा मुद्दा हाल्न भने मिल्दैन तर, उ बाहिर निस्केपछि भने उसको व्यवहार नसुध्रिए फेरि कानूनी प्रक्रिया अपनाउन सकिन्छ,” अधिवक्ता वीरबहादुर खड्काले भन्नुभयो – “त्यसमा पनि धम्क्याउने क्रममा पीडकको सम्पर्कमा पीडित आउँदैन । मोबाइल फोन परिवर्तन गर्नाले पनि समस्या कम हुन्छ ।”
     
    उहाँका अनुसार बलात्कार तथा हिंसाका घटनामा बढी पीडकले पीडितलाई प्रताडित गर्ने गरेका छन् ।
     
    यता, जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख माधवप्रसाद श्रेष्ठले भने पीडकको नियत नसुध्रिए कैद भुक्तान भए पनि ऊ प्रहरीको निगरानीमै रहने बताउनुभयो । “हामी पीडित र पीडक दुबैलाई बुझ्छौं, पीडकले अनावश्यक रूपमा पीडितलाई असर पार्ने गरेको छ भने त्यसलाई कारागारमै पनि त्यही किसिमको कारबाही हुन्छ,” उहाँले थप्नुभयो – “हामीले त्यस्ता पीडकलाई पनि धेरै कारबाहीमा ल्याइसक्यौं । त्यस किसिमको अनावश्यक यातना दिने पीडकलाई थुनामुक्त भएपछि पनि निगरानीमा राख्छौँ ।”
     
    श्रेष्ठले आफूहरू पीडितलाई थप समस्यामा पार्ने गतिविधि रोक्न पीडकलाई सकेसम्म आफ्नो सम्पर्कमा रहिरहने वातावरण बनाउने गरेको बताउनुभयो । 
     
    जिल्लामा यस वर्ष बाल यौन दुर्व्यवहार र जबर्जस्ती करणीका घटनामा पनि वृद्धि आएको छ । गत वर्ष १९ वटा जबर्जस्ती करणीका घटना घटेकामा यस वर्ष २८ घटेका छन् । बाल यौन दुर्व्यवहारको घटना गत वर्ष नघटेको देखिएकामा यस वर्ष पाँच वटा घटेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार यस वर्ष जबर्जस्ती करणी उद्योग १०, बहुविवाह १३, मानव बेचबिखन छ, हाड नाता करणी एउटा घटेको देखिएको छ । गत वर्ष जबर्जस्ती करणी उद्योग १०, बहुविवाह सात र मानव बेचबिखनका दुइटा घटना घटेका थिए । 
     
    सङ्ख्यात्मक रूपमा घटना बढेको देखिए पनि वास्तवमा घटना घटाइ समान रहेको जिप्रका प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार कतिपय पुराना घटनाको पनि दर्ता गर्ने गरिएको छ ।
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast