बुधबार, जेष्ठ २१, २०७७
    बिदेश

    जितपछि अस्ट्रेलियाका प्रधानमन्त्रीले भने : मलाई सधैं चमत्कारमा विश्वास लाग्छ

    आईतवार, ५ जेष्ठ २०७६, आहाखबर

    काठमाडौं, ५ जेठ ।

    अस्ट्रेलियाको संसदीय निर्वाचनमा प्रधानमन्त्री स्कट मरीसन नेतृत्वको गठबन्धन विजयी भएको छ । जितपछि उत्साहित हुँदै मरिसनले जनताप्रति आभार व्यक्त गरेका छन् । 

    कन्जरभेटिभ गठबन्धनलाई नै चुनेको भन्दै मोरिसनले मतदातालाई धन्यवाद दिएका छन् ।

    अष्ट्रेलियाको लेबर पार्टीका नेता बिल शोर्टनले आफ्नो पार्टीको पराजयलाई स्वीकार गरेका छन् । उनले पार्टीको नेताको रुपमा आफूले पदबाट राजीनामा दिने घोषणा पनि गरेको बीबीसीले जनाएको छ ।

    अष्ट्रेलियामा आम चुनावका लागि शनिबार मतदान भएको थियो । १.६४ करोड मतदाताले आफ्नो नेता चुन्न भोट हालेका थिए ।

    चुनावको अन्तिम परिणाम आउन भने अझै बाँकी छ । तर ७० प्रतिशत मत गणना सकिँदा गठन्बन स्कट मोरिसनको जित पक्का भएको छ । बहुमतका लागि ७६ सिट आवश्यक पर्दछ । मोरिसन अझै ७४ सिटमा अगाडि छन् । यसैगरी लेबर पार्टी ६६ सिटमा अगाडि छ ।

    यसलाई मोरिसनको चमात्कारित जित मानिएको छ । किनभने मत सर्वेक्षणहरुमा लिबरल-नेशनल गठबन्धन झण्डै बहुमत ल्याउने नतिजाहरु सार्वजनिक गरिएको थियो ।

    विगतका जति पनि मत सर्वेक्षण गरिएको थियो, त्यसमा गठबन्धन लेबर पार्टीभन्दा पछाडि थियो । त्यसैले यस पटक लेबर पार्टीले नै सरकार बनाउने अनुमान धेरैको थियो ।

    सिड्नीस्थित बीबीसी सम्वाददाता भन्छन्- मैले यस्तो एउटा व्यक्तिको खोजी गरिरहेको छु, जसले यस्तो परिणाम आउने विश्वास थियो भनोस् । तर, मैले त्यस्तो व्यक्ति एक जना पनि पाएको छैन ।

    स्वयम् मोरिसनलाई पनि यस्तो नतिजा आउला भन्ने संसय थियो । आफ्नो जित सुनिश्चित भएपछि उनले मतदातालाई सम्बोधन गर्दै भनेका छन्- मलाई सधैं चमत्कारमा विश्वास थियो ।

    यसैगरी लेबर पार्टीका नेता शोर्टेनले आफ्ना मतदातालाई सम्बोधन गर्दै भनेका छन्- लेबर पार्टी आगामी सरकार बनाउन सफल भएन ।

    शोर्टेनले मोरिसनलाई फोन गरेर बधाई दिएको र अब आफू पार्टीको नेताको रुपमा चुनाव नलड्ने जानकारी पनि दिए ।

    विपक्षी लेवर पार्टीका नेता विल सर्टनले हार स्विकार्दै राजिनामा घोषणा गरेका छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast