मंगलवार, भाद्र ३१, २०७६
    कला-सौन्दर्य

    सलमान खानले कैटरिनाको यसरी केयर गरेको देखेपछि फ्यान उत्साहित

    आईतवार, ५ जेष्ठ २०७६, आहाखबर

    मुम्बई, ५ जेठ । 

    नयाँ फिल्म ‘भारत’मा कैटरिना र सलमान खानको मुख्य भूमिका छ । केही दिन अगाडि फिल्म भारतको नयाँ गीत जिंदा रिलीज गरिएको थियो ।

    बलिउड अभिनेत्री कैटरिना कैफ यतिबेला आफ्नो नयाँ फिल्म ‘भारत’ लाई लिएर निकै चर्चामा छन् । 

    कार्यक्रममा कैटरिना साडी लगाएर आएकी थिइन्, कैटरिनाको साडी केही बिग्रिएको थियो । साडी बिग्रिएको देखेपछि सलमान खानले निहुरिएर साडी मिलाउन थाले।

    साडी बनाउँदै गरेको सलमान खान र कैटरिनाको तस्वीर यतिबेला भाइरल भइरहेको छ । उक्त तस्वीर देखेपछि मानिसहरुले भिन्दा भिन्दै अनुमान लगाएका छन्।

    कैटरिना सलमानकी पूर्व गर्लफ्रेण्ड हुन् । ब्रेकअपपछि सलमानले कैटरिनाको केयर गरेको देखेपछि उनका फ्यान उत्साहित भएका छन् ।  फिल्म भारत लाई अली अब्बास जफरले निर्देशन गरेका हुन् ।  भारतमा  दशकसम्म एक मानिसको यात्रालाई देखाइएको छ । यही कारण फिल्ममा सलमान खानलाई ६ वटा फरक फरक भूमिकामा देखाइएको छ।  यो फिल्म इदमा रिलीज हुने तयारीमा छ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast