बुधबार, असोज १, २०७६
    राज्य-समाज

    प्रधानमन्त्री चढेको हेलिकप्टर भरतपुरको आर्मी ब्यारेकमा आकस्मिक अवतरण !

    शुक्रबार, ३ जेष्ठ २०७६, आहाखबर
    (फाईल तस्बिर)

    भरतपुर, ३ जेठ 

    प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकप्टर भरतपुरको आर्मी ब्यारेकमा आकस्मिक अवतरण गरेको छ । 

    कपिलवस्तु जान लाग्नुभएका प्रधानमन्त्री चढेको हेलिकप्टर मौसमको खराबीका कारण अपराह्न ४ः ५० बजे अवतरण गरेको हो । 

    उहाँ ४० मिनेट ब्यारेकमा रोकिनुभएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहले जानकारी दिनुभयो । 

    मौसममा सुधार आएपछि प्रधानमन्त्री ओली कपिलवस्तु प्रस्थान गर्नुभएको उहाँले बताउनुभयो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast