बुधबार, जेष्ठ २१, २०७७
    बिदेश

    प्रधानमन्त्री टरिसा मे पद छाड्न समहत, बेलायतभर उत्तराधिकारीको चर्चा !

    शुक्रबार, ३ जेष्ठ २०७६, आहाखबर

    एजेन्सी लण्डन, ३ बैशाख :

    हालैमात्र बेलायती प्रधानमन्त्री टरिसा मे तथा उनको कन्जर्भेटिभ दलका वरिष्ठ नेताहरूबीच भएको बैठकले प्रधानमन्त्री टरिसा मेलाई प्रप्रधानमन्त्री पद छाड्न सहमत बनाएको छ । 

    बैठकमा केहीपछि हुने ब्रेक्जिटसम्बन्धी अर्को संसदीय मतदान भएलगत्तै मे को बहिर्गमनको तालिकामा छलफल गरिने सहमति भएको हो ।

    ब्रिटेनले युरोपेली युनियन छाड्ने ब्रेक्जिटबारेको अर्को संसदीय मतदान आगामी जुन महिनाको पहिलो सातामा हुने यसअघि नै तय भैसकेको छ।

     

    यस्तो पनि भनिन्छ !

    यसअघि नै तीन पटक अस्वीकृत भइसकेको ब्रेक्जिट योजना संसद्ले फेरि अस्वीकृत गर्दा उनलाई राजिनामा दिन थप नैतिक दबाब पुग्छ र समस्या सुल्झिन्छ । 

    साथै, बहिर्गममनको मुद्धाकै पक्षमा नतिजा आइहालेमा पनि आगामी जुलाई महिनाको अन्तिमतिर हुने यहाँको गर्मी याममाको संसद् स्थगन हुनुअघि राजीनामा दिने पनि अनुमान छ।


    ब्रेक्जिटको समस्यामा अल्झिरहनु तथा बेलायतमा पछिल्ला दिनहरुमा सम्पन्न स्थानीय चुनावहरूमा मे को दल खस्किएसँगै उनलाई राजीनामा दिन दबाव बढेको बताइन्छ।


    बेलायतभर उत्ताधिकारीको चर्चा

    हालकी प्रधानमन्त्री टरीसा मे सरकारबाट हट्ने घोषणा भएसँगै सो पदमा आसीन हुन सत्तारुढ बन्न कन्जर्भेटिभ दलमा थुप्रै आकाङ्क्षी देखा परेको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    आकाङ्क्षीमध्ये भूतपूर्व विदेशमन्त्री बोरिस जन्सन रहेको कैयौं सञ्चारमाध्यमले जनाएका छन् ।

    अहिलेका लागि बेलायतमा ब्रेक्जिटको नयाँ समयसीमा चाहिँ अक्टोबर ३१ तोकिएको छ। त्यस्तै, संसद्‌मा ब्रेक्जिटसम्बन्धी मतदान जुन महिनाको पहिलो सातामा हुने बताइन्छ।

    त्यसैगरी  युरोपेली युनियन त्याग्न बेलायतलाई जुलाई १ अघि नै निष्कर्षमा पुग्नुपर्ने अन्य बाध्यता समेत छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast