प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश नं २ द्वारा कर्णाली प्रदेश ९ विकेट पराजित #आहा खबर# मोदीले मन पराए नेपालको चुनावी 'मोडल', केन्द्र र प्रदेशको चुनाव एकैपटक गर्न प्रस्ताव ! #आहा खबर# गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन, माइतीघर मण्डलामा मानव सागर #आहा खबर# परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन #आहा खबर# नेप्से परिसूचक घट्यो, ०.२० अंकले घटेर १ हजार २५८ अङ्कमा #आहा खबर# लोकसेवा विज्ञापनविरुद्धको सुनुवाइ फेरि सर्‍यो, फाइललाई एक साथ पेश गर्न आदेश #आहा खबर# पानीजहाजमा काम लगाइदिने भन्दै ६ करोड ठगी गर्ने पक्राउ #आहा खबर# बिहान धेरै सुत्दा दिमाग दुई गुणा बढी चल्ने ! स्वास्थ्यमा अनेकौं फाइदा #आहा खबर# मार्सी धानमा झारनाशक औषधि ‘ब्युटाक्लोर’ प्रयोग नगर्न कृषि विज्ञले सुझाव #आहा खबर# सन् २०१८ सम्ममा ७ करोड मानिस विस्थापित, यस्तो छ राष्ट्रसंघको तथ्यांक #आहा खबर# सधैँ भीड लाग्ने भक्तपुर अस्पतालका आकस्मिक बाहेक सबै सेवा ठप्प #आहा खबर# ओली–दाहालबीच छलफल, पार्टी एकता प्रक्रियालाई गती दिन दबाब #आहा खबर# हयातका आन्दोलनरत मजदूर काममा फर्किए, होटल भने सञ्चालन हुन बाँकि #आहा खबर# भारतका प्रधानमन्त्री मोदीले दिए राहुललाई जन्मदिनको शुभकामना, कति बर्ष पुगे ? #आहा खबर# गुठी विधेयकको विरोधमा प्रदर्शन : ट्राफिक अस्तव्यस्त, यी ७ स्थानमा गाडीहरु डाइभर्ट #आहा खबर#
    स्वास्थ्य

    खानेकुराबाट २ सय ५० किसिमको रोग, बालबालिका र वृद्ध बढी

    बिहिवार, २ जेष्ठ २०७६, आहाखबर

    विराटनगर, २ जेठ ।

    रोगबाट जोगिन मानिसले खानेकुराको स्वच्छतामा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ । ‘खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिबद्धता’ भन्ने प्रमुख नाराका साथ विश्व खाद्य स्वच्छता दिवस प्रथम र एघारौँ राष्ट्रिय खाद्य स्वच्छता दिवसका  अवसरमा  खानेकुराको अस्वच्छताले बढी रोग लाग्ने, शिशु, वृद्ध र  गर्भवती, खाद्य व्यापार आयात एवं निर्यात तथा पर्यटन क्षेत्रमा असर गर्ने, स्वास्थ्य रक्षासम्बन्धी खर्च बढाउने र खाद्य शृङ्खलाले अन्तर्राष्ट्रिय सीमासमेत पार गर्ने भएकाले यसतर्फ सबैको ध्यान जानुपर्ने सुझाव दिइएको छ । 

    खाद्यमा हुने अस्वच्छता हटाउन  सरोकार पक्षलाई अभिप्रेरित गराउन खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले नियमित रुपमा काम गर्दै आएको छ । 

    खाद्यमा हुने अस्वच्छताले सबैभन्दा बढी बालबालिका र वृद्धामा रोग लाग्ने गरेको कार्यालय प्रमुख प्रमोद कोइरालाले जानकारी दिनुभयो ।

    खाद्य पदार्थलाई स्वच्छ बनाउन उत्पादक, वितरक, उद्यमी, निर्यातकर्तासमेतलाई सचेतना तालीम दिइएको छ ।  गत वर्ष यसै सम्बन्धमा ८७  र यस वर्ष अहिलेसम्मका अवधिमा २७  मुद्दा दर्ता भएको बताइएको छ । 

    खानेकुराबाट लगभग २५० किसिमको रोग लाग्ने गरेकाले पनि जनाइएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast