कार्यकर्तालाई कम्तीमा दुई रुख अनिवार्य रोप्न नेकपाको निर्देशन #आहा खबर# ‘शान्ति कायम गर्न प्रहरी, विद्यालय र समाज सँगसँगै’ #आहा खबर# 'विश्वकै गरिब' राष्ट्रपति ! राष्ट्रपति भवनमा बस्न इन्कार, साधारण जीवनशैली #आहा खबर# एनसेललाई प्राधिकरणले भन्यो - डेटा सेवा महशुल दर घटाऊ #आहा खबर# तत्कालीन पर्यटनमन्त्री अधिकारी सवार होलिकप्टर दुर्घटनाको कारण मौसम खराबी #आहा खबर# बढैयाताल गाउँपालिका माछा उत्पादनको पकेट क्षेत्रका रुपमा चिनिँदै #आहा खबर# खेत रोप्न धानको ‘ब्याड’ तयार भए पनि मल अभाव #आहा खबर# उपराष्ट्रपतिको कार्यालय लैनचौरस्थित ‘ग्रीन हाउस’मा स्थानान्तरण #आहा खबर# नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी भारतको चेन्नईयिन एफसीसँग पराजित #आहा खबर# रक्तसञ्चार केन्द्र बर्दिवासको नयाँ भवन सञ्चालन #आहा खबर# महिलालाई बिर्के टोपी बनाउने तालीम #आहा खबर# भारतीय फिल्म उद्योगको 'बादशाह' भनिएका शाहरुख खान 'फ्लप माथि फ्लप' दिँदै ! #आहा खबर# चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा, यस्तो छ कारण #आहा खबर# मुटु स्वस्थ राख्न खानुहोस् यस्ता खानेकुरा #आहा खबर# ‘हरेक राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता बढ्नुपर्छ’ #आहा खबर#
    बैंक-बीमा

    स्वास्थ्य बीमाप्रति नागरिकको आकर्षण, १७ हजार ४ सय ५१ आबद्ध

    बिहिवार, २ जेष्ठ २०७६, आहाखबर

    खोटाङ, २ जेठ

    खोटाङमा स्वास्थ्य बीमा कार्यक्रमप्रति नागरिकको आकर्षण बढेको छ । उपचार खर्च अभावमा अकालमा ज्यान गुमाउन बाध्य नागरिकको जीवन रक्षार्थ सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमवापतको सेवासुविधा प्राप्तिका लागि जिल्लाका १० स्थानीय तहमा स्वास्थ्य बीमा दर्ता कार्यक्रमलाई तीव्रगतिमा अघि बढाइएको हो ।
     
    जिल्लाको ऐंसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्र, चिसापानी प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल खोटाङ, जिल्ला अस्पताल उदयपुर, जिल्ला अस्पताल ओखलढुङ्गा, जिल्ला अस्पताल सोलुखुम्बु, धरान, विराटनगर, काठमाडौँ, भक्तपुरलगायतमा रहेका सरकारी अस्पतालबाट बीमाको शर्तअनुसार स्वास्थ्य उपचार सेवा लिन पाउनेगरी स्वास्थ्य बीमा दर्ता भइरहेको स्वास्थ्य बीमा बोर्ड खोटाङका संयोजक सन्तोष दाहालले बताउनुभयो । “हरेक वडामा नियुक्त स्वास्थ्य बीमा दर्ता सहयोगीले नाम दर्ता र परिचयपत्र वितरण गरिरहेका छन्”, उहाँले भन्नुभयो, “विसं २०७४ पुस २४ गतेदेखि अहिलेसम्ममा १७ हजार ४५१ ले बीमा गरिसकेका छन् ।”
     
    सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति टेकु, काठमाडौँअन्तर्गत कात्तिकदेखि पुससम्म नाम दर्ता भएका नागरिकको स्वास्थ्य बीमा फागुन १ बाट, माघदेखि चैतसम्म नाम दर्ता गरेका नागरिकको बीमा जेठ १ बाट, वैशाखदेखि असारसम्म नाम दर्ता गरेका नागरिकको भदौ १ बाट र साउनदेखि असोजसम्म नाम दर्ता गरेका नागरिकको बीमा मङ्सिर १ गतेबाट लागू हुने जनाइएको छ । १७ हजार बढीले स्वास्थ्य बीमाका लागि नाम दर्ता गरेर परिचयपत्र लिइसकेका जिल्लामा बीमा लागू हुने महीनाको अघिल्लो महीना बीमा गराउनेको चाप बढी हुने गरेको जनाइएको छ ।

    पाँच जनासम्मको परिवारले वार्षिक रु दुई हजार ५०० को स्वास्थ्य बीमा गरेपछि बिरामी परेका समयमा वार्षिक रु ५० हजारसम्मको स्वास्थ्य उपचार सेवा पाउने भएपछि स्थानीय यो कार्यक्रमप्रति हौसिएका छन् । पाँचभन्दा बढी सदस्य भएको परिवारले स्वास्थ्य बीमा गर्न थप प्रतिव्यक्ति रु ४५० का दरले शुल्क बुझाउनुपर्छ भने उपचार खर्च पनि रु ५० हजारमा प्रतिव्यक्ति थप १० हजारका दरले बढी सेवा पाउनेछन् । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast