प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश नं २ द्वारा कर्णाली प्रदेश ९ विकेट पराजित #आहा खबर# मोदीले मन पराए नेपालको चुनावी 'मोडल', केन्द्र र प्रदेशको चुनाव एकैपटक गर्न प्रस्ताव ! #आहा खबर# गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन, माइतीघर मण्डलामा मानव सागर #आहा खबर# परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन #आहा खबर# नेप्से परिसूचक घट्यो, ०.२० अंकले घटेर १ हजार २५८ अङ्कमा #आहा खबर# लोकसेवा विज्ञापनविरुद्धको सुनुवाइ फेरि सर्‍यो, फाइललाई एक साथ पेश गर्न आदेश #आहा खबर# पानीजहाजमा काम लगाइदिने भन्दै ६ करोड ठगी गर्ने पक्राउ #आहा खबर# बिहान धेरै सुत्दा दिमाग दुई गुणा बढी चल्ने ! स्वास्थ्यमा अनेकौं फाइदा #आहा खबर# मार्सी धानमा झारनाशक औषधि ‘ब्युटाक्लोर’ प्रयोग नगर्न कृषि विज्ञले सुझाव #आहा खबर# सन् २०१८ सम्ममा ७ करोड मानिस विस्थापित, यस्तो छ राष्ट्रसंघको तथ्यांक #आहा खबर# सधैँ भीड लाग्ने भक्तपुर अस्पतालका आकस्मिक बाहेक सबै सेवा ठप्प #आहा खबर# ओली–दाहालबीच छलफल, पार्टी एकता प्रक्रियालाई गती दिन दबाब #आहा खबर# हयातका आन्दोलनरत मजदूर काममा फर्किए, होटल भने सञ्चालन हुन बाँकि #आहा खबर# भारतका प्रधानमन्त्री मोदीले दिए राहुललाई जन्मदिनको शुभकामना, कति बर्ष पुगे ? #आहा खबर# गुठी विधेयकको विरोधमा प्रदर्शन : ट्राफिक अस्तव्यस्त, यी ७ स्थानमा गाडीहरु डाइभर्ट #आहा खबर#
    विज्ञान/प्रविधि

    प्रविधिकै कारण अमेरिकामा राष्ट्रिय सङ्कटकाल, निशानामा चिनियाँ कम्पनी ?

    बिहिवार, २ जेष्ठ २०७६, आहाखबर

    एजेन्सी, २ जेठ । 

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अचानक राष्ट्रिय सङ्कटकाल घोषणा गरेका छन् । ट्रम्पले अमेरिकाको राष्ट्रिय सुरक्षाको लागि जोखिम पुर्‍याउन सक्ने आँकलन गर्दै केही दूरसञ्चार उपकरणहरुको प्रयोग गर्न बन्देज लगाउँदै एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्।

    ट्रम्पले विदेशी प्रतिद्वन्द्वीहरूबाट जोगाउन राष्ट्रिय सङ्कटकाल घोषणा गरेको समेत स्पष्ट पारेका छन्।

     

    निशानामा चिनियाँ कम्पनी ह्वावेई ?

    ट्रम्पले अमेरिकी कम्पनीहरूले आफ्नो देशको राष्ट्रिय सुरक्षामा जोखिम पुर्‍याउने विश्वास गरिएका केही विदेशी टेलिकम कम्पनीबाट उत्पादित उपकरण खरिद गर्न बन्देज लगाउने कार्यकारी आदेशलाई समेत अनुमोदन गरेका छन् ।

    जसमा कुनै कम्पनीको नाम नलिइएको भएतापनि सो आदेशमार्फत चिनियाँ कम्पनी ह्वावेईलाई निसाना बनाउन खोजिएको केही विश्लेषकहरूको तर्क छ ।

     

    यस्तो छ आदेशमा 

    ह्वाइट हाउसले जारी गरेको एक वक्तव्यमा ट्रम्पको आदेशले सक्रिय र बढ्दो रूपमा सूचना प्रविधि पूर्वाधार र सेवाको क्षेत्रमा रहेका कमीहरूको फाइदा उठाउने विदेशी प्रतिद्वन्द्वीहरूको प्रभावबाट अमेरिकालाई बचाउने उद्देश्य लिएको स्पष्ट पारिएको छ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast